• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, फागुन ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

लोकप्रिय समाचार

  • १. रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

  • २. एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

  • ३. कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

  • ४. गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

  • ५. किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५०% कृषि क्षेत्र जैविक बनाउने उज्यालो पार्टीको घोषणा

  • ६. भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

  • ७. अछाम–२ मा राजेश रावलले उम्मेदवारी फिर्ता, भुपदेव शाहलाई पूर्ण समर्थन

  • ८. एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

  • ९. रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

  • १०. रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

मानसिक स्वास्थ्यमा प्रर्याप्त लगानी र पहुँचको खाँचो


  •   शुक्रबार, असोज २३, २०७७ मा प्रकाशित
  • विश्वभरमा नै मानसिक स्वास्थ्य समस्या जटिल र चुनौती पुर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट प्रभावित छन् । नेपालमा पनि ६० लाख बढि नेपालीहरु कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ ।

    Advertisement

    नेपाल स्वास्थ्य अनुसन्धान परिषदले हालै गरेको एक सर्वेक्षणमा ४.३ प्रतिशत वयस्कहरुमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ।सर्वेक्षणले १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा यस्तो समस्यामा रहेको देखाएको छ। सर्वेक्षणमा किशोर किशोरीमा मानसिक स्वास्थ्यको अवस्था हेर्दा ५ दशमलब २ प्रतिशत किशोर किशोरीमा मानसिक समस्या भएको पाइएको छ। मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रका समस्या, चुनौती एवं उपलब्धिका विषयमा छलफल तथा पैरवी गर्ने जस्ता विविध उद्देश्यका साथ प्रत्येक वर्ष १० अस्टुबरका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै अइरहेकोछ । विश्व मानसिक स्वास्थ्य संघको अगुवाइमा सन् १९९२ देखि विश्व भरि नै यो दिवस मनाउन थालिएको हो । यो वर्षको विश्व मानसिक दिवसको नारा” सबैको लागि मानसिक स्वास्थ्य : प्रर्याप्त लगानी, व्यापक पहुँच । जसलाई पनि, जहाँ पनि” रहेको छ ।

    नेपालमा मानसिक स्वास्थ्यको अबस्था

    नेपालमा मानसिक स्वास्थ्यको क्षेत्र अझैपनि ओझेलमा परेको छ । मानसिक रोगीलाई अपहेलना गर्ने,उपचारबाट बन्चित गराउने, बाँधेर वा थुनेर राख्ने,खान नदिने,काम र जिम्मेवारी तथा अधिकारबाट बञ्चित गराउने,भुत–प्रेत वा बोक्सी लाग्यो भनेर उपचारको नाममा तातो पन्युले डाम्ने जस्ता अमानवीय व्यवहार गर्ने गरेको समेत देखिन्छ । हाम्रो समाजमा मानसिक स्वास्थ्य प्रति व्यक्तिको बुझाई, धारणा, सोच बिचार अझै पनि सकारात्मक हुन सकेको छैन। मानसिक स्वास्थ्यलाई कलंकको रुपमा हेरिन्छ। मानसिक स्वास्थ्य समस्या देखापर्दा कुल विग्रेको, देउता चढेको, माता चढेको, बोक्सी लागेको, धामी उत्रेको भन्दै नजर अन्दाज गर्ने परिपाटी हाम्रो समाजमा अझै पनि बिधमान रहेकोछ ।

    जैविक – रासायनिक,सामाजिक एव मनोबैज्ञानिक कारणले मानसिक समस्या देखापर्ने गर्छ । बदलिदो समाजिक परिवेश, बैदेशिक रोजगारी, वेरोजगारी, गरीबी, आधुनिकरण, सामाजिक सञ्जालको प्रभाव, लागुपदार्थको सेवन, पारिवारिक झमेला, लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलत्कार, लाञ्छना, लैङिगक विभेद, अन्धबिस्वास, गलत प्रथा, राजनीतिक अस्थिरता जस्ता कारण तत्वले नेपालमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ ।
    शिक्षा – चेतनाको कमी, मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास,दक्ष जनशक्तिको कमी, सरकारी उपेक्षा, बजेटको कमि, दातृ निकायको यस क्षेत्रमा आँखा पर्न नसक्नु, राष्ट्रिय मानसिक स्वास्थ्य नीति नहुनु, जस्ता कारणबाट मानसिक स्वास्थ्यको क्षेत्रमा सोचे जस्तो प्रगति हुन सकेको छैन । नेपालमा विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा अझैपनि पठन पाठन हुन सकिरहेको छैन। यथापी हालै मात्र प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएकोछ। नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा प्रयाप्त लगानी हुन सकिरहेको छैन ।  मानसिक स्बास्थ्यको क्षेत्रमा काम गर्ने मनोचिकित्सक, मनोविद, मनोपरामर्शदाता, सामाजिक कार्यकर्ता, साइक्याट्रिक्स नर्स जस्ता जनशक्ति अत्यन्तै न्यन छन । जति पनि जनशक्ति छन ति पनि शहर केन्द्रीत मात्र छन । दुरदराज र स्थानीय तह सम्म यसक‍ो पहुँच पुग्न सकिरहेको छैन। नेपाल जस्तो विकासोन्मूख देशमा त ५ जना मानसिक रोगी मध्ये ४ जनाले उपचार नै नपाउने अबस्था रहेकोछ ।

    कोरोना कहरले बढ्यो मानसिक स्वास्थ्य समस्या
    कोरोनाको प्रकोपले बिश्व नै अहिले आक्रान्त बनेको छ । कोरोना भाइरसको महामारीले विश्वव्यापी रुपमा गम्भीर मनोसामाजिक असर सिर्जना गरेकोछ। महामारी सुरु भएपछि मानसिक स्वास्थ सेवाको माग अत्यधिक बढेको छ। आफन्तसँगको वियोग, आइसोलेसन, आयमा भएको ह्रास र त्रासका कारण मानसिक स्वास्थ्य प्रभावित भएकोछ। कतिपय मानिसहरु अध्यधिक मदिरापान, लागु औषध सेवन, अनिद्रा तथा छटपटी जस्ता समस्याले प्रभावित भएका छन। कोभिड–१९ले विश्वको ९३ प्रतिशत राष्ट्रमा सघन मानसिक स्वास्थ सेवा अवरुद्ध भएको विश्व स्वास्थ्य संगठनको एक सर्वेक्षणले देखाएको छ। विश्वका १३० राष्ट्रमा गरिएको अध्ययनले महामारीका कारण मानसिक स्वास्थ सेवाको पहुँच नराम्ररी प्रभावित भएको र विश्वले तत्काल थप लगानी गर्नुपर्ने देखाएको छ। उक्त सर्वेक्षणमा ६० प्रतिशत राष्ट्रमा मानसिक स्वास्थ सेवा प्रभावित रहेको र विशेषगरी बालबालिका, किशोर र पौढ बढी प्रभावित रहेको देखिएको छ। यसैगरी, ६७ प्रतिशत जनसंख्याले काउन्सिलिङ तथा साइकोथेरपी सेवा नपाएको देखिएको छ। नेपालमा पनि टिपिओ नामक संस्थाले लकडाउनको अबधिमा गरेको सर्वेक्षणमा करिब ५० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्याको लक्षण देखिएकोछ । स्वास्थ्य अनुसन्धान परिषद् नेपालले गरेको एक अनुसन्धानमा कोरोना भाइरस महाव्याधिका कारण नेपालमा फ्रन्टलाइनमा खटिने २९ प्रतिशत चिकित्सक, नर्स र ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमा डिप्रेसनको लक्षण देखिएक‍‍ो छ । उक्त अनुसन्धानमा ३५.७ प्रतिशतमा एन्जाइटी र १७.१ प्रतिशतमा साइकोलोजिकल डिस्ट्रेस रहेको पाईएको छ ।
    मानसिक स्वास्थ्यको सम्बर्द्धन उपाय
    – शारीरिक रोग झै मानसिक स्वास्थ्य समस्यालाई पनि सहज रुपमा लिनुपर्छ। मानसिक रोग निको हुने रोग हो। औषधीको सेवन, मनोपरामर्श तथा पूर्नस्थापना जस्ता उपचार विधीद्वारा यो रोगको उपचार सम्भव छ । धर्म परिवर्तन गरेर,भाकल गरेर,धामीझाक्री लगाएर, मानसिक रोग निको हुदैन। बेलैमा यसका विज्ञलाई देखाउनु पर्छ ।
    – मानसिक रोग, आत्माहत्या प्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्छ । यस बिषयमा अभियान नै संचालन गर्नु जरुरी देखिन्छ ।
    – मानसिक स्वास्थ्यको बजेट नगन्ने छ यसलाई बृद्धि गर्नु जरुरी छ। मानसिक स्वास्थ्यमा एक अमेरिकी डलर बराबरको लगानीले चार अमेरिकी डलर बराबरको प्रतिफल दिन सक्ने एक अध्ययनले देखाएको छ ।
    – मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्तिको कमीलाई बृद्धि गर्नुपर्छ । मानसिक स्वास्थ्य कार्यकर्ता निर्माण गर्नुपर्छ । स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा पुराउन जरुरी देखिन्छ ।
    – प्रकृतिक बिपत्ति आईपर्दा, रोग व्याधि फैलिदा, दूव्यवहार, अन्याय, विभेद र लान्छना जस्तो जीवनमा कठिन अबस्थामा मानसिक समस्यामा पर्ने सम्भावना बढी हुने भएकाले प्रभावित ब्यक्ति र समुदायलाई बेलैमा मनोसामाजिक सेवा-सहयोगको ब्यबस्था राज्यले तत्काल गर्नुपर्छ ।
    – विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा पठन पाठन तत्काल शुरु गर्नुपर्छ । विद्यालयहरु बालमैत्री बनाउनु पर्छ। विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाएर मनोसामाजिक समस्याको जोखिमलाई कम गर्न सकिन्छ ।
    – वैदेशिक रोजगारीमा जाने युवाहरुको लागी मानसिक स्वास्थ्य तालिम, तनाव व्यवस्थापन सम्बन्धी सिप सिकाउन अत्यन्तै जरुरी देखिन्छ ।
    – आफनो मानसिक स्वास्थ्य अवस्थाप्रति ब्यक्ति स्वयं पनि सचेत र चनाखो हुनुपर्छ । आत्माहत्या र मानसिक रोगको बारेमा खुलेर कुरा गर्नुपर्छ । मानसिक स्वास्थ्यलाई सवल बनाउन आफ्नो दैनिक रहन सहन, खानपान, जीवन शैलीमा सुधार ल्याउनुपर्छ, जीवनमा अप्ठेरो अवस्था आइपर्दा आफन्त, साथीभाइ र विज्ञको आबस्यक सहयोग लिन ढिला गर्नु हुदैन ।
    – मानसिक स्वास्थ्यको सम्बर्द्धन र प्रबर्द्धनका लागि सबै निकायबीच सहकार्य हुनु जरुरी देखिन्छ। सबै सरोकारबाला ब्यक्ति, निकाय संघसंस्थाहरु बिच ऐक्यवद्धताको जरुरत छ ।
    – मानसिक स्वास्थ्यको सम्बर्धन र प्रवर्धन तथा आत्महत्याको रोकथाममा सञ्चार माध्यमाको महत्वपूर्ण भुमिका रहन्छ । यसमा सञ्चार माध्यमहरुले संवेदनशील भइ सकारात्मक भुमिका खेल्नु पर्छ।
    ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत हुनुहुन्छ।

    शुक्रबार, असोज २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल
    रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता
    एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड
    एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता
    एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण
    संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

    लोकप्रिय

    • १.
      रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं :

    • २.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र

    • ३.
      कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

    • ४.
      गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

    • ५.
      किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५०% कृषि

    • ६.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित

    भर्खरै

    • १.
      विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

    • २.
      बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

    • ३.
      झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

    • ४.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

    • ५.
      कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

    • ६.
      ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

    • ७.
      रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

    • ८.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation