कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु

बाँके । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ ।
महेन्द्रनगर–१ कञ्चनपुरकी २९ वर्षीया महिलाको आइतबारबिहान मृत्यु भएको बताइएको छ । उनले एक छोरा र एक छोरीलाई सामान्य रुपमा जन्म दिएकी थिइन् ।
असोज १४ गते कोरोना पोजेटिभ देखिएको ती महिलालाई कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा राखेर उपचार गरिँदै आएको थियो ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.