रोल्पा । रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नंवर १ पाँङ ऐपेमा पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु भएकाे छ ।
Advertisement
शुक्रबार घरमाथिबाट झरेको पहिरोले घर र गोठ पुरिँदा ज्ञानसिंह घर्तीमगरका ११ वर्षका छोरा युवराज घर्ती र ८ वर्षका छोरा अमर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । हजुरबुवा, हजुरआमा र आमासहित पाँच जना सुतेकामध्ये ३ जनाको अवस्था सामान्य छ ।
मृतकका बुवा भने रोजगारीका लागि भारतमा रहेको लुङ्ग्री गाउँपालिका १ का वडाध्यक्ष मोती पुनले बताए ।