बागलुङ । बाग्लुङको भुजी खोलामा गएराती आएको बाढीले बस्ती नै बगाउँदा बेपत्ता भएकाहरुमध्ये ८ जनाको शव फेला परेको छ ।बाढीमा परी अझै दर्जनौ बेपत्ता रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले बताएको छ । कार्यालयमा प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार बाढीले ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ देखि ९ सम्ममा क्षति पुर्याएको छ ।
त्यहाँबाट अहिलेसम्म ८ जनाको शव फेला परेको हो । मृत्यु हुनेमा ६ जना पुरूष र दुई जना महिला छन् । तर, भेटिएका शव सनाखत हुन नसकेको ती प्रहरी अधिकारीको भनाइ छ ।२५–३० किलोमिटर टाढा टाढासम्म पुगेका ती शवहरु कसैको टाउको नभएको त कसैको खुट्टा छैनन् । यसले सनाखत गर्न प्रहरीलाई मुश्किल परिरहेको बताइएको छ ।
Advertisement