घाेराही। दाङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिकामा घरमाथिबाट आएकाे पहिरोमा पुरिँदा उनिहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका वडा-५ साकिने बस्ने २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्मा नेपाली रहेका छन् ।
पहिरोले घरको आधा भाग भत्किएको प्रहरीले जनाएको छ । बुधबार बिहान ३ बजेतिर घरमाथिको कान्ला भत्केर घर पुरिँदा उनीहरुको ज्यान गएको हाे । यो गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिरोको उच्च जोखिममा रहेका छन्।यहाका चौध घरधुरी विस्थापीत समेत भएको खबर छ।
Advertisement