सन्ताेषकुमार गुप्ता, भालुवाङ । दाङकाे देउखुरीमा प्यूठानका एक युवककाे शब मृत अबस्थामा फेला परेकाे छ ।
Advertisement
सिसहनियाँ-महदेवा जोड्ने राप्ती पुलमुनी आइतबार शव फेला परेको प्रहरीले बताएको हो ।प्युठान जिल्ला मल्लरानी गाउँपालिका वडा नंवर ५ बेलडाँडा निवासी गनबहादुर थापाका छोरा वर्ष २७ का दिपक थापाको शब राप्ती पुल मुनि फेला परेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । असार २७ गते माडी र झिमरूक नदीको बीचमा रहेको राप्ती खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो । खोलाले बगाएर बेपत्ता भएका थापाको शव असार २८ गते आइतवार मात्रै गढवा गाउँपालिका वडा नंवर २ महदेवा स्थित राप्ती पुलमुनी पानीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
शवलाई पोष्टमार्टमका लागि आइतवारनै बिजुवार अस्पताल प्युठान पठाइएको प्रहरीले जानकारी दिएको छ ।