काठमाडौं । कोरोना भाइरसको संक्रमण दैनिक तिव्र गतिमा बढीरहेको छ । विहीवार विहानसम्म संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । विहीबार विहान झापाको कचनाकवलमा १० जना नयाँ संक्रमित भेटिएका छन् । प्रदेश नम्वर १, २ र ५ नम्वर प्रदेश सवैभन्दा बढी प्रभावित बनेका छन् । दैनिक दिन सरदर ३० भन्दा बढी संक्रमितहरु थपिन थालेका छन् ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयकाअनुसार प्रत्येक आधा घण्टाका एक जना संक्रमित भेटिन थालेका छन् । पछिल्लो १५ दिनमा साढे तीन सय संक्रमित भेटिएका छन् । दैनिक संक्रमितको संख्या तुफानी बेगमा बढेपनि अस्पताल, स्वास्थ्यकर्मी । औषधीको अबस्था भने कमजोर छ ।
चीनको बुहानबाट कोरोना फैलिएपनि नेपालमा भारतबाट कोरोना फैलिएको छ । भारतीय प्रहरीले चोर बाटोबाट नेपालीहरुलाई घर पठाउन थालेपछि प्रदेश ५ र २ बढी प्रभावित बनेका हुन् । प्रदेश ५ यतिबेला निकै सकसमा परेको छ ।
विहीबारदेखि प्रदेश नम्वर १ मा पनि समुदाय स्तरमा संक्रमित भेटिन थालेका छन् । झापाको कचलनाकवलमा विहीबार विहान १० जनामा संक्रमित पुष्टी भएको छ ।