शिवु खनाल, देउखुरी । दाङ भ्याली होमपाइव एण्ड कङक्रिट इन्डस्ट्रिज प्रा.लि सुन्डबरीले लमही नगरपालिकाको राहत कोषमा विस हजार सहयोग हस्तान्तरण गरेको छ ।
आइतवार प्रा.लिका म्यानेजर रबिधोज थापाले नेपाल कम्युनिष्ट पार्टी ने.क.पा. लमही नगर अध्यक्ष कुलबहादुर केसी, सचिव बसन्त शर्मा (विक्रान्त) लाई (अगुवा) हस्तान्तरण गरि अध्यक्ष तथा सचिवले लमही नगरपालिका नगर उपप्रमुख देबका बेल्वासे र प्रमुख प्रशासकी अधिकृत टोपेन्द्रबहादुर केसीलाई विस हजारको चेक हस्तान्तरण गर्नु भएको थियो ।
लकडाउनले प्रभावित भएका अतिविपन्न र वर्गहरुलाई एकद्धारा प्रणालीबाट राहत उपलब्ध गराउने मुख्य उद्देश्यले नगरपालिकाको राहत कोषमा नगद विस हजारको चेक हस्तान्तरण गरिएको प्रा.लिका म्यानेजर वरिधोज थापाले बताउनुभयो । यता नगरपालिकालाई सहयोग गर्ने प्रा.लि प्रति लमही नगरपालिका नगर उपप्रमुख देबका बेल्वासे र प्रमुख प्रशासकी अधिकृत टोपेन्द्रबहादुर केसीले धन्यावाद ज्ञापन समेत गर्नु भएको छ ।।