काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोरोना सङ्क्रमणबाट मुक्त नहुँदासम्म तलब नलिने घोषणा गरेका छन्।नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेका हुन्। प्रधानमन्त्री ओलीले भनेका छन्, ‘आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो। मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु ।’प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन हामी सबैले मिलेर गर्नुपर्ने बताएका छन् । देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरी रहनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् । विश्वव्यापी यस संकटको समाधान, विश्वव्यापी साझेदारी र सहयोगबाट मात्र सम्भव रहेको उनको ठहर छ ।उच्च ओहोदामा रहेका र जनप्रतिनिधिले पाउने सुविधामा कटौती गर्नसमेत सुझाव दिएको बताउँदै प्रधानमन्त्री ओलीले ती सबै सुझावमा ध्यान गएको बताए ।
कोरोना नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा
कोरोना नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा
Advertisement
तपाईको प्रतिक्रिया