• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ६. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ७. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • ८. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

  • ९. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • १०. बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

अनौठो पाण्डुकेश्वर गुफा पुग्न दुई वडाले बनाए पर्यटन पदमार्ग


  •   शनिबार, चैत १५, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ ।गलकोट नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहाँसिक एवं पर्यटकीय हिसाबले महत्वपुर्ण क्षेत्र हो । गलकोट नगरपालिकामा धेरै यस्ता महत्वपुर्ण स्थलहरु छन । विस्तारै पुर्वाधार विकास सँग सँगै प्रचार प्रसार हुन थालेपछि अहिले आन्तरिक पर्यटकहरुको समेत त्यि स्थानहरु रोजाईमा परेका छन ।
    यस्तै मध्यको एक महत्वपुर्ण पर्यटकीय गन्तव्य हो गलकोट नगरपालिका ७ र ९ को सिमाना न्याय खोलामा अवस्थित पाण्डुकेश्वर गुफा । पाण्डुकेश्वर गुफा आफैमा विचित्र खालको गुफा छ । यसको आफनै धार्मिक एवं ऐतिहाँसिक महत्व छ । परापुर्वकालमा यस गुफामा बालाचतुर्दशीमा श्रदालु भक्तजनहरुको घुँईचो समेत हुने गर्दथ्यो । यस गुफा भित्र विभिन्न प्रकारका कलात्मक आकारहरु देख्न पाईन्छ । यहाँ मानिस जाँदा जति मानिस जान्छन त्यति नै पानीका लहराहरु झर्ने गर्दछन । गाईका थुन, सर्पको जस्तो आकारहरु गुफा भित्र देख्न पाईन्छ भनें गुफामा पूजा आजा पनि गर्ने प्रचलन छ । पाण्डुकेश्वर गुफालाई धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अहिले गलकोट नगरपालिकाले पहल थालेको छ । गलकोट नगरपालिका वडा नं ९ ले बाँसखोला विशारे बुटा देखि गुफा सम्म पदमार्ग निर्माण गरेको छ । झण्डै साढे २ किलोमिटर पदमार्ग निर्माणको लागि वडा नं ९ ले ५ लाख खर्च गरेको वडा अध्यक्ष तेज बहादुर थापाले जानकारी दिनुभयो । वडा अध्यक्ष थापाका अनुसार पहिले साँघुरो र निकै अफ्ठ्यारो गोरेटो बाटोमा जोखिमपुर्ण यात्रा गर्नु पर्ने बाध्यता पदमार्गको निर्माण सँगै हटेको छ । मध्यपहाडी लोकमार्ग सँग जोडिएको बाँसखोला देखि माथि गाउँ सम्म कच्ची सडक पुगेको छ । अब गुफा नजिक सम्म सडक पुराउन वडाले आवश्यक तयारी समेत गरिरहेको वडा कार्यालयले जनाएको छ । यता पाण्डुकेश्वर गुफासम्म पुग्न गलकोट नगरपालिका वडा नं ७ मल्मले समेत पदमार्ग निर्माण गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को २ लाखमा पाण्डुकेश्वर गुफा देखि टिमलेचौर र ०७६/०७७ को २ लाख रकमबाट टिमलेचौर देखि सिद्वेश्वर शिवालय मन्दिर सम्म झण्डै २ किलोमिटर पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिनुभयो । गुफा सम्म पुग्न बाटो अफ्ठ्यारो र जोखिमपुर्ण भएकोले जान आउन समेत कठिन रहेकोमा अब भनें सहजता भएको अध्यक्ष थापाको भनाई छ । गुफा नजिक झण्डै ५० मिटर बाटो अहिले पनि निकै अफ्ठ्यारो छ । त्यसलाई आगामी आर्थिक वर्षमा गलकोट नगरपालिका सँगको सहकार्यमा रेलिङ सहितको पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो । गुफाको नजिक झरना समेत रहेको हुँदा त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई रमाउन थप सुविधा प्रदान गरेको छ । मल्म पाण्डवखानी सडकको यात्रा पछि नाच्ने डाँडामा पुगेपछि पाण्डुकेश्वर गुफा पुग्न करिब १० मिनेटको पैदल यात्रा गर्नुपर्दछ ।

    Advertisement

    शनिबार, चैत १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...