ओमप्रकाश गुप्ता,सिसहनियाँ । शंकर माध्यमिक विद्यालय राप्ती गाउँपालिका ८ पिपरीको अभिभावक भेला आइतवार विद्यालयमा सम्पन्न भएको छ । भेलाले रामप्रसाद चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । जसका सदस्यहरुमा गुमानसिंह सुनार,माया थापा मगर,भोलेचौधरी,बाटुली विक,सिता चौधरी, पदेन सदस्यमा वडा अध्यक्ष गोकर्णबहादुर राना र सदस्य सचिवमा विद्यालयका प्रअ सुर्वणमान चौधरी रहेका छन् । १ पद रिक्त रहेको छ । त्यसै गरी भेलाले पार्वती चौधरीको अध्यक्षतामा १० सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ । जसका सदस्यहरुमा रम्भादेवी रेश्मी मगर,भेषा कार्की,कल्पना चौधरी,कालीराम चौधरी,हिरा शर्मा,कृष्ण सुनार,सिता चौधरी, पदेन सदस्यमा वडा अध्यक्ष गोकर्णबहादुर राना र सदस्य सचिवमा विद्यालयका प्रअ सुर्वणमान चौधरी रहेका छन् । विद्यालय व्यवस्थापक समितिका अध्यक्ष सुर्यनारायण चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकको प्रमुख आतिथ्यता र शाखा अधिकृत बासुदेव खनालको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलालाई उद्घाटन गर्दै शाखा प्रमुख विकले विद्यालयलाई नमुना बनाउन महत्वपुर्ण भुमिका अभिभावकको हुने भएकाले विद्यालय प्रति चासो राख्नुपर्ने सुझाव दिएका छन् । संस्थागत विद्यालय फस्टाउदै जानु तर सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्कदै जानुमा अभिभावकको पहिलो कमजोरी रहेको बताउदै त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन् ।विद्यालयकी शिक्षिका सिता रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोकर्णबहादुर राना लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयको शैक्षिक प्रगती विवरण विद्यालयका प्रअ सुवर्णमान चौधरीले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक फर्सुराम सुवेदीले गरेका थिए ।
शंकर माविको अध्यक्षमा रामप्रसाद चौधरी
शंकर माविको अध्यक्षमा रामप्रसाद चौधरी

Advertisement
तपाईको प्रतिक्रिया