• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

लोकप्रिय समाचार

  • १. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • २. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ३. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ४. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ५. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ६. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • ७. राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

  • ८. मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

  • ९. पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

  • १०. पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

महोत्सव लम्बाइए नेबि संघ प्युठान आन्दोलनमा उत्रने (बिज्ञप्ति)


  •   मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । उद्योग वाणिज्य संघ,प्युठानले विद्यार्थीको परीक्षाको मुखमा महोत्सव गरेको भन्दै जिल्लामा बिरोध सुरु भएको छ। परिक्षा नजिकिदै गर्दा मेला तथा महोत्सवले शैक्षिक वातावरण खलबलाउने भन्दै जिल्लाबासीले बिरोध जनाएका हुन। तर, सम्बन्धीत निकायहरु शिक्षा कार्यालय, स्थानिय प्रशासनले समेत त्यस तर्फ ध्यान दिन सकेको छैन ।स्थानिय अभिभावक तथा  व्यापारीहरुले समेत सो महोत्सव प्रती असन्तुष्टी पोखेका छ्न। अन्य वेला विद्यार्थीको हकहितको चर्को नारा लगाउने विद्यार्थी संगठनहरु, बालअधिकारका कुरा गर्ने संघसंगठनहरुले भने परिक्षाको मुखैमा महोत्सव भैरहँदा पनि यसबारे ‘चुँ’ बोलेका छैनन्। महोत्सवको पुर्ब तयारी देखि उद्घाटनका क्रममा बिध्यालयमा पठनपाठन रोकिनेगरि र्यालिका साथ सहभागीताका लागि बिध्यालयमा पत्राचार गरिएको बिषयमा समेत कांग्रेस सम्बद्ध नेपाल बिद्यार्थी सघ प्युठानले बिज्ञप्ति निकालेर बिरोध जनाएको थियो। फागुन १८ गते सम्म भनिएको महोत्सव पुन:२२ गते सम्म थप गरिएको बिरोधमा नेबि संघ प्युठानले महोत्सव लक्षित दोश्रो बिज्ञप्ति जारी गरेको छ।नेबि सघका जिल्ला अध्यक्ष एन पि मगरद्वारा हस्ताक्षरित बिज्ञप्तिमा परिक्षाको मुखमा विद्यालयको पठनपाठनमा असर पार्ने गरि महोत्सव गर्नु नै विद्यार्थीको हितविपरीत भएको उल्लेख गरिएको छ।नेबिसंघ प्युठानले महोत्सवको अबधी नबढाई पुर्ब निर्धारित समयमै सम्पन्न गर्न बिज्ञप्ति मार्फत आग्रह गरेको छ। साथै पुर्ब निर्धारित समयमै महोत्सव सम्पन्न नरिएमा ससक्त आन्दोलनमा उत्रने चेतावनी समेत संघले दिएको छ ।यही फागुन ८ गते देखि जारी महोत्सबले खास गरी चैत्र महिनामा हुने एसइइ र कक्षा १ देखी ९ सम्मका बार्षिक परिक्षालाई प्रभावित पार्ने देखिएको सरोकारवालाको ठहर छ ।महोत्सवस्थलबाट सिधै बजार र गाउँतिर मायक फर्काएर घरमा पढ्न बसेका विद्यार्थीहरुलाई समेत असर पुर्याएको स्थानीयको गुनासो छ । परिक्षाको मुखैमा महोत्सव सन्चालन भएको भन्दै अभिभाबकहरु मेला आयोजक प्रति आक्रोसित छन् । संस्कृति भन्दा बढि विकृति र बेथिती ल्याउने गरेको अनगिन्ति महोत्सवलाई रोक्न नसकेकोमा प्रशासन, प्रहरी र अन्य सम्बन्धीत नियकाहरुप्रति पनि उनीहरु आक्रोसित छन् । आयोजकले जहिले पनि नाफा गुपचुप राखेर मिलेमतोमा घाटा मात्र देखाउने गरेको समेत स्थानीयको आरोप छ ।संघले ३ बर्षको अन्तरमा महोत्सव लगाउदै आएपनि अहिलेसम्म आयव्याय सार्बजनिक गरेको छैन । महोत्सवबाट न त कुनै उपलब्धी देखाउन सकेको छ, न त कुनै सभ्यता । वरु उछृंखल नृत्यहरु प्रस्तुत गर्ने, बाल उद्यानको नाममा पिङ, रेलगाडी जस्ता खेलहरु अत्याधिक शुल्क उठाउने र टिकट लिदा एक चाउचाउ फ्री को बहानमा बालबालिकालाई जन्क फुड नदिने भनिएपनी महोत्सवमा आउने अभिभावक तथा बालबालिकालाई चाउचाउ प्रदान गरिएको छ।यसका साथै विभिन्न प्रायोजकहरु, सरकारी कार्यालय तथा संघसंस्थाहरुबाट मोटो रकम संकलन गर्ने र त्यसको सही लेखाजोखा विनै आयोजक भित्र आफुखुसी कमाउधन्दाको होडबाजी चलाउने आरोप मात्र आउने गरेको छ । त्यतिमात्र हैन, कलाकारको नाममा आयोजकले स्थानीय स्तरमा क्षमतावान कलाकार उत्पादन भई राष्ट्रिय स्तरमा चर्चा कमाएका कलाकारलाई झुटो आस्वासन दिई कम पारिश्रमिक प्रदान गर्ने , जिल्ला बाहिरबाट आउने कलाकारलाई राज्यलाई कटाउने कर समेत नकाटी मनोमानी तरिकाले पारिश्रमिक प्रदान गरेको आरोप आउने गरेको छ । एक व्यापारीका अनुसार महोत्सव उद्योग वाणिज्य संघका केही व्यक्तिहरुलाई मोजमस्ती गर्ने र कमाईखाने भाडो मात्र भएको छ। महोत्सवमा बाहिरको ब्यापारी ल्याउने, महंगोमा सामान विक्री गराउने र पैसा जति बाहिर नै पठाउने, स्थानीय ब्यापार, ब्यबसायलाई झनै मार्ने काम भईरहेको स्थानीय व्यापारीहरुको गुनासो छ। स्थानीय वस्तु तथा सामग्रीको व्यापारमा संघले पटक्कै ध्यान नदिएको आरोप उनीहरुको छ।यसैबीच अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन श्रेष्ठले जानी जानी परिक्षाको मुखैमा बिद्यार्थी प्रति ख्यालै नगरी मेला महोत्सवको आयोजना गरी बिद्यार्थीको भविस्यमाथी खेलवाड भएको बताएका छन् यस विषयमा बिध्यार्थी संगठन सङ्ग सम्बन्धित निकायले बेवास्ता गरेको आरोप छ। महोत्सवको नाममा गुणस्तरीय कलाकार ल्याउनुको साटो प्युठानि माटोमा जन्मि राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल कलाकारलाई ठूलो अपमान गर्नु , ब्यबस्थापकिय भुमिकामा गम्भीरता नहुनु जस्ता समस्याले गर्दा असफल भएको महोत्सवलाई पुन ४ दिन थप गरिनु लज्जास्पद हुने बताउनुभयो ।

    Advertisement

    मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति
    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    लोकप्रिय

    • १.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • २.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ३.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    • ४.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई

    • ५.
      नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी

    • ६.
      स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • २.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ३.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ४.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ५.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ६.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ७.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ८.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...