ओमप्रकाश गुप्ता, सिसहनियाँ। दाङको देउखुरीमा रहेको राप्ती प्राविधिक शिक्षालयमा अाइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको अायोजना एवम् विद्यार्थी कल्याणकारी राप्ती प्राविधिक शिक्षालयको सहअायोजनामा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा रेडक्रसकी उपसभापति मेनुका शर्मा,सदस्य कृष्ण विस्ट र विद्यार्थी सहित ३० जनाले रक्तदान गरेका थिए । रेडक्रसका सभापति महेशकुमार शर्माको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख अातिथ्यता, उपाध्यक्ष जगदम्बाकुमारी र शिक्षालयका प्रमुख मोतीलाल चाैधरीको विशिष्ट अातिथ्यतामा भएको कार्यक्रम रक्त सञ्चार सेवा केन्द्र घोराहीका इन्चार्ज दिलिप न्याैपाने,विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष नेत्रविक्रम वली लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन रेडक्रसका सचिव प्रमोद पाैडेलले गरेका थिए ।
राप्ती प्राविधिक शिक्षालयमा रक्तदान कार्यक्रम
राप्ती प्राविधिक शिक्षालयमा रक्तदान कार्यक्रम

Advertisement
तपाईको प्रतिक्रिया