नुवाकोट। जिल्लाको लिखु गाउँपालिकाले “गर्भवती महिलाको घरमा झण्डा,हातमा अण्डा” नारालाई सुरुवात गरेको छ। गर्भवती महिलालाई अण्डा उपहार स्वरुप प्रदान गर्दै कार्यक्रमको सुरुवात गरिएको छ।आज अर्थात बिहिवार लिखु गाउँपालिकास्थित सुबिधा सामुदायिक स्वास्थ्य इकाई,बितलवमा भएको एक कार्यक्रमका बीच वडा नम्बर-६ का वडाध्यक्ष्य हरिशरण लामिछानेले उक्त कार्यक्रमको सुरुवात गर्नुभएको हो।
स्थानीय गर्भवती सविता डङोललाई एक क्रेट अन्डा हस्तान्तरण सगै सुरु भएको अण्डा वितरण कार्यक्रममा वडाध्यक्ष्य लामिछानेले आफ्नो सन्तान स्वास्थ्य र निरोगिताको कामना हरेक आमाबुबाले गरेका हुन्छन् त्यहि योजनालाई थोरै भएपनि सहयोग पुगोस् भन्ने हेतुले गाउँपालिकाले यसप्रकारको कार्यक्रम लागु गरेको बताउनुभयो।
कार्यक्रममा जिल्ला स्वास्थ्यकर्मी संघका अध्यक्ष कल्याणभक्त पाण्डेले बिरामी हुनुभन्दा अघि नै रोग लाग्न नदिनु महत्वपूर्ण कुरा भएकाले गाउँपालिकाको यस्तो कार्यक्रम सह्रानीय रहेको बताउनुभयो।
गाउँपालिकाले गर्भवती महिलालाई अण्डा उपहार कार्यक्रम अन्तर्गत ६ लाख ५० हजार रकम विनियोजन गरेको छ।प्रत्येक महिनाको प्रती गर्भवती एक क्रेट अण्डा वितरण कार्यक्रम रहेको सुबिधा सामुदायिक स्वास्थ्य इकाई थान्सिङले जानकारी दिएको छ।
लिखुमा गर्भवती महिलालाई अण्डा उपहार
लिखुमा गर्भवती महिलालाई अण्डा उपहार

Advertisement
तपाईको प्रतिक्रिया