मधुसुदन पोख्रेल, प्यूठान। प्युठानको माण्डवी गाउपालिकाक्क मुख्य समस्या खानेपानी रहेको स्थानीयले गुनासो गरेका छन ।
पालिकाका ५ वटै वडाहरुमा खानेपनी समस्याको हल गर्न स्थानीय सरकारसंग वडाबासीहरुले गुनासो गरेका हुन । माण्डवी गाउँपालीकाले वडामा भएका गतीविधी,स्थानीय सरकारले गरेका काम कर्मचारीले सेवाग्राहिलाई गर्ने सेवा लगाएत शुसासन पारदर्शीता जवाफदेहितालाई आत्मसाथ गर्न र जनताका चाहाना अनुसार विकास गर्ने उदेश्यले वडा स्तरीय सार्वजनीक सुनाइ कार्यक्रम गर्ने क्रममा यस्तो गुनासो आएको हो । माण्डवी गाउपालिकाको आयोजना र रेडियो स्वर्गद्धारीको समन्वयमा यहाँ सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो । गाउपालिकाले पाचै वडामा ४० लाखका दरले बजेट विनीयोजन भएको छ । प्रत्यक वडामा वडाको तर्फवाट ३ लाख भन्दा ठुला योजना छैनन , खानेपानी विद्यालयको भौतिक सुधार,कृषी लगाएतका काममा वडाले वजेट विनीयोजन गरेको छ । प्रतेक वडामा पुगी जनताको चासो र गुनासो सुन्नका लागि कार्यक्रम राखेको गाउँपालिकाले जनाएको छ ।
वडामा भएका गतीविधी र जनताको चाहाना अनुसार विकास निर्माणका काम योजनाका कार्यक्रम छनोट गर्न यो कार्यक्रमले केहि पाठ सिकाएको पालिकाका प्रशासकिय प्रमुख शिसिर रिजालले बताउनु भयो । उहाले भन्नु भयो पालिकामा मात्र सार्वजनीक सुनाई गर्दा सम्वन्धीत व्याक्तिहरु छुट्ने भन्दै यो कार्यक्रम प्रभावकारी भएको रिजालले बताउनु भयो । माण्डवी गाउँपालिकाले प्राथमिकतामा शिक्षलाई राखेको छ । विद्यालयमा शिक्षक व्यवस्थापन,विद्याथीहरुका लागि दिवाखाजा, शिक्षकलाइ तालिम, एस इ इ दिने विद्याथीकालागि होस्टेलको व्यवस्था,विद्यालयमा भौतीक सुधारका लागि ३३ प्रतिशत वजेट शिक्षामै छुट्टाइएको रिजालले बताउनु भयो ।
पालिकामा योजनाका कामहरु निरन्तर अगाडि बढेका छन । जेष्ठ मसान्त सम्म सवै योजना पुरा गर्ने पालीकाले उदेश्य राखेको छ । प्रमुख अतिथीको रुपमा वडा बासीको गुनासो सुन्न पुग्नुभएका गाउँपालिकका अध्यक्ष श्रीधर रोकाले पालीकामा भएका समस्याहरुको विस्तारै समाधान गर्दै जाने बताउनु भयो । चुनाव जित्नका लागि जनता संग गरेको प्रतिवद्धतालाई आफुले कार्यकाल भरीमा पुरा गरेरैे छाड्ने प्रतिवद्धता जनाउनु भएको छ । गाउँमा भएको खाने पानी समस्यालाई पालिका बाट प्रदेश सरकारबाट र केन्द्रसरकारबाट पहल गर्ने रोकाले बताउनु भयो । पालिकाले पहिलो प्राथमिकतामा शिक्षा र खानेपानीलाई राखेको छ यो अवस्य पुरा गर्दै जनेहो रोकाले भन्नु भयो ,जनताको चाहाना अनुसारनै हामी काम गर्ने छौ । माण्डी गाउँपालिकाको पर्यटन बङगला चुली उदयपुरकोट कोट घरलाइ विशेष प्रामिकता दिने पनी रोकाले बताउनु भयो । हामी जनताका काममा निरन्तर लागेका छौ राम्रो माण्डवी बनाउन हरकदम लाग्ने छौ जनतालाइ अफ्ठयारो हुनेगरी काम गर्ने छैनौ रोकाले भन्नु भयो “अन्य पालीकामा बेरुजु आउदा हाम्रोमा बेरुजु नहुनु नै यो हाम्रो सफलता हो ।”