ओमप्रकाश गुप्ता, सिसहनियाँ। दाङ देउखुरीको राप्ती गाउँपालिका ३ मसुरीयामा २ दिने बाल संरक्षण नीति सम्बन्धी तालिम सोमवार देखि घण्टदेव सामुदायिक वन परिसर मसुरीयामा सुरु भएको । राप्ती गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउन बाल संरक्षणको नीति आवश्यक हुने भएकाले उक्त तालिमको आयोजना गरिएको हो । अष्ट्रिेलियन एड, कारितास अष्ट्रिेलिया, कारितास नेपालको सहयोगमा मिलाप कृषि सहकारी संस्था मौरीघाटको आयोजनामा नेपाल जिविकोपार्जन उत्थाशिल कार्यक्रम अन्तर्गत बालबालिका तथा युवा सशक्तिकरण परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो । विपी आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनिराम चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा अधिकृत बासुदेव खनालको प्रमुख आतिथ्यतामा सुरु भएको तालिमले २ दिन लगाएर नीति निमार्ण गर्ने भएका छन् । तालिमको सहजीकरण शिक्षा,युवा तथा खेलकुद शाखा अधिकृत बासुदेव खनालले गरिरहेका छन् । तालिममा गाउँपालिका भित्रका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यार्थीहरु गरी ४० जनाको सहभागिता रहेको छ । अनु चौधरीले विषय वस्तु बारे जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन दलबहादुर घर्तीले गरेका थिए ।
राप्ती गाउँपालिकाले बाल संरक्षण नीति बनाउँदै
राप्ती गाउँपालिकाले बाल संरक्षण नीति बनाउँदै
![](https://kamanadaily.com/wp-content/uploads/2019/12/inbound6453214648230435855.jpg)
Advertisement
तपाईको प्रतिक्रिया