• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ९. लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

  • १०. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

१० वर्षसम्म बिजुली नआएपछि पोलमा टौवा


  •   शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
  • काठमाडाैं । कालिमाटी गाउँपालिका केन्द्र रामपुरमा दश वर्षअघि विद्युत्का पोल गाड्दा स्थानीय बासिन्दा खुसी भएका थिए । उनीहरूले पोल ढुवानी गर्न र गाड्न सघाएका थिए । तर, अहिलेसम्म बिजुली नआएपछि उनीहरूले विद्युतका पोललाई परालको टौवा बनाएका छन् ।

    Advertisement

    दश वर्षअघि कालिमाटी गाविसले विद्युत् विस्तारका लागि उपभोक्ता समिति गठन गरेको थियो । समितिमार्फत विद्युतका पोल खरिद गरिएको थियो । यसका लागि तत्कालीन गाविसले नौ लाख रुपैयाँ विनियोजन गरेर विद्युत् पोल खरिद गरिएको थियो । ‘त्यसले नपुगेपछि थप चार लाखका पोल किनेका थियौँ,’ उपभोक्ता समिति अध्यक्ष कमला अधिकारीले भनिन्, ‘पोल ढुवानी गर्‍यौँ, गाड्यौँ, तर बिजुली आएको छैन ।’
    उनका अनुसार त्यतिवेला विद्युत्का पोल ढुवानीको जिम्मा उपभोक्ता समितिलाई दिइएको थियो । त्यतिवेला पोल ल्याएको उनले बताइन् । पहिलोपटक ल्याएका पोल थन्किएपछि फेरि गाउँ भेलाले थप चार लाख छुट्यायो । त्यसका पनि पोल खरिद भए र ती पोल गाडिए । ‘पोल गाडेपछि किन बिजुली आएन, मलाई पनि थाहा छैन,’ उपभोक्ता समिति अध्यक्ष अधिकारीले भनिन् । बिजुली नहुँदा सास्ती खेप्नु परिरहेको उनको भनाइ छ ।
    केही वर्षसम्म स्थानीय बासिन्दाले आशा गरे । तर, बिजुली नआएपछि पोललाई प्रयोग गर्न थाले । अहिले उनीहरूले विद्युत्का पोलमा परालको टौवा बनाएका छन् । केहीले खम्बाको रूपमा प्रयोग गरेका छन् । खेतमा गाडिएका कतिपय पोल उखेलेर फालेको स्थानीय बासिन्दाले बताए । केही त खिया लागेर खेर गएको उनीहरूको भनाइ छ । घरनजिकै पोल गाडिएको भए पनि थप काम नभएको स्थानीय बालिराम खत्रीले बताए । दुईपटक पोल गाड्दा पनि तार तान्ने र बिजुली बाल्ने काम नभएको उनको गुनासो छ । ‘घरनजिकै बिजुलीको पोल छ, तर हेरेर बस्नुपरेको छ । दियालो नै बाल्नु परिरहेको छ,’ उनले गुनासो गरे ।

    जेनेरेटर र सोलारकै भर
    विद्युत् लाइन विस्तार नहुँदा गाउँपालिका कार्यालयले पनि जेनेरेटर र सोलारकै भर पर्नु परिरहेको छ । यसले कार्यालयका कामकाजमा समेत समस्या हुने गरेको कर्मचारी बताउँछन् । ‘सोलारकै भरमा छौँ । घाम लाग्दा कामकाज सहज हुन्छ, बादल लाग्दा र पानी पर्दा त्यसले पनि काम गर्दैन,’ गाउँपालिकाका कर्मचारी प्रेमबहादुर केसीले भने ।

    कालिमाटी–१ लक्ष्मीपुरका केही घरबाहेक गाउँपालिकाका अन्य भागमा विद्युत् सेवा विस्तार हुन सकेको छैन । यसै वर्ष गाउँपालिकामा विद्युत् विस्तार गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत मार्सल वलीको भनाइ छ । ‘केही प्रक्रियागत त्रुटिले गत वर्ष काम हुन सकेन, यो वर्ष विद्युत्लाइन विस्तार हुन्छ,’ वलीले भने । गाउँपालिकालाई विद्युतीकरण गर्न एक करोड १८ लाखको टेन्डर प्रक्रिया शुरूगरिएको उनले बताए । नयाँ पत्रिकामा खबर छ ।

    शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • २.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ३.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ७.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ८.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation