प्युठान। स्वर्गद्वारी नगरपालिकामा सातौँ मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ। नगर प्रमुख ते प्रसाद भण्डारीले उद्घाटन गर्नुभयो।
प्रतियोगितामा भलिबल र क्रिकेट खेल हुने छन्। भलिबलमा ९ टोली, क्रिकेटमा ७ टोली सहभागी छन्।
दुबै खेल प्रतियोगितामा प्रथम हुने टोलीले क्रमश: ४० हजार रुपैयाँ , द्वितीय टोलीले २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र पाउनेछन्। सेमिफाइनल खेल्ने टोलीले ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाउने छन।
नगर खेलकुद विकास समितिका संयोजक दुर्गा बहादुर बुढाथोकीले प्रतियोगिताले युवा प्रतिभा र खेलकुद प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो।
Advertisement