• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

चरन खोज्न लेकमा भेडीगोठाला


  •   शनिबार, चैत २४, २०८० मा प्रकाशित
  • प्युठान । बागलुङको निसिखोला गाउपालिका चेलबाङ्का २२ वर्षिय निशान्त पुन मगरले भेडाबाख्रा चराउन थालेको ७ वर्ष भयो ।
    भेडा पालन उहाको पुख्र्यौली पेसा हो । बुबा एक्लैले भेडा पालन गर्न नसक्ने भएपछि ८ कक्षामा पढ्दै गर्दा उहाँले पढाइ छाड्नुप¥यो। अहिले मगर भेडा चराउन बर्सेनि लेकबेँसी गरिरहन्छन् ।
    साढे ५ सय भेडाको बथानसहित आएका मगर प्यूठानको अर्खास्थित लेकाली भेगको मेलवास जंगलमा भेडाबाख्रा चराईरहनुभएको छ । हिउँ छल्न रुकुम, रोल्पाको उच्च पहाडी लेक चहार्दै अर्खाको गौमुखी जंगल क्षेत्रमा झरेको निशान्त पुन मगरले बताउनुभयो। उहाको सिङ्गो परिवार यही पेसामै आश्रित छ ।
    १४ वर्षकै कलिलो उमेरदेखि नै फिरन्ते जीवन बाँच्दै आउनुभएका उहाले भन्नुभयो,‘चरनको खोजीमा भेडाबाख्रा जता लगिन्छ, उतै घुम्ती गोठ बनाएर बस्ने गरेका छौँ ।’
    भेडीगोठहरु सरिरहन्छन् । गोठ छिटो छिटो सार्नुपर्ने भएकाले उति व्यवस्थित हुँदैनन् । गोठालाहरु त्रिपाल र ढुंगाले छाएका गोठमा बस्छन। खाने खर्च र कपडा बोकेर उनिहरु भेडाको बथान सहित चरनक्षेत्रमा लेकबेसि गरिरहन्छन् ।
    बर्षमा झण्डै ११ महिना खुला आकाशमुनि जंगलमै रात बिताउने उहाले हिउँदभन्दा वर्षामा दैनिकी कष्टकर हुने सुनाउनुभयो । जाडो याममा हिउँ पर्न थालेपछि गोठमा काम गर्नेहरु घर फर्किन्छन् । उहाँले वर्षामा पाठापाठी हुर्काउन बढी समस्या हुन्छ भन्नुभयो ।
    मगरले भेडाबाख्रा चराउन ल्याए बापत स्थानीयलाई देवालीका लागि दुई भेडा र ५ वर्षसम्म चरन क्षेत्रका लागी एक लाख रुपियाँ बुझाएका छन् । उहाले भन्नुभयो, ‘यो सिजनमा सधैं आउँछौं ।’ यहाँ पोसिलो घाँस भएकाले भेडाबाख्रा निकै मोटा हुने उहाले बताउनुभयो ।
    एक सहयोगीसहित गत पुसमा यहाँ आएका मगर गर्मी याम सुरु भएपछि भेडाबाख्रा लिएर ढोरपाटनको उकालो चढ्ने तरखरमा छन् ।उहाँले बागलुङको ढोरपाटन क्षेत्रको लेकाली भेगमा वैशाख दोस्रो सातासम्म फर्केर रुकुमका गोठालाहरूसँग भेडा मिसाएर चराउने बताउनुभयो । जंगली जनावरबाट भेडाबाख्रा जोगाउन ४ वटा भोटे कुकुर पालेका छन् । भेडी गोठाला मगरले ‘कुकुरले जंगली जनावरबाट जोगाउन मद्दत गरेको बताउनुभयो ।
    प्युठानसहित बागलुङ, रुकुम, रोल्पा तथा अन्य थुप्रै ठाउबाट भेडाबाख्रा लिन चरन क्षेत्रमै ग्राहक आउँछन्। प्रती भेडा १५ हजार देखि २५ हजार रुपियाँ सम्ममा बिक्री हुन्छ। भेडाबाख्रा पालनबाट वार्षिक ११ लाख रुपिया कमाउँने मगरले बताउनुभयो।
    प्युठानको लेकाली क्षेत्रमा प्रसस्त भेडीगोठहरु छन् । स्थानीयले समेत एक सय देखि दुई तीन सयको हाराहारीमा भेडा पालेर बसेका छन। प्युठान गौमुखी ३ उत्तिसेमा २ सय वटा भेडापालेर बसेका भविराम पुनले भेडापालन गतिलो आम्दानीको स्रोत बनेको बताउनुभयो । – गोरखापत्र दैनिकमा समाचार छ।

    Advertisement

    शनिबार, चैत २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation