• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, कार्तिक ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ३. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई


  •   शुक्रबार, कार्तिक ०१, २०८२ मा प्रकाशित
  • रुपन्देही । देवदह प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सले जितेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा टटेरा डाइनामाइटलाई २३ रनले पराजित गर्दै पाकडीले पहिलो संस्करणको उपाधि पनि रक्षा गर्न सफल भएको हो।
    टस जितेर ब्याटिङको निम्तो पाएको पाकडीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १३४ रन जोड्यो। पाकडीका लागि सुरज चौधरीले ५४ बलमा ५७ रनको योगदान दिए भने रोशन गौतमले २५, सागर काफ्लेले २० र निश्चल ज्ञवालीले १८ रन अविजित रहे। टटेराका डेभिड थापा र एजाज अहमदले समान एक–एक विकेट लिए।
    १३५ रनको लक्ष्य पछ्याएको टटेरा २० ओभरमा नौ विकेट गुमाउँदै १११ रनमा समेटिएपछि पाकडी विजयी भयो। टटेराका सुरज सारुले ४६, रमेश राईले २०, विभेस खातीले १६ र जितेन्द्र आरकेले १४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। बलिङतर्फ पाकडीका बैजनाथ यादवले चार विकेट, निश्चल ज्ञवालीले तीन र रोशन गौतमले दुई विकेट लिए।
    खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सुरज चौधरी ‘प्लेयर अफ दि म्याच’ घोषित भए। प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका पाकडीका कप्तान प्रकाश भण्डारी ‘प्लेयर अफ दि सिरिज’ बने। यस्तै टटेराका डेभिड थापा सर्वाधिक २०४ रनसहित उत्कृष्ट ब्याट्सम्यान बने भने उनका सहखेलाडी विभेस खाती १६ विकेटसहित उत्कृष्ट बलर घोषित भए। फाइनल खेलपछि लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोष कुमार पाण्डेले एक समारोहका बीच विजेता तथा उपविजेता टोली र खेलाडीलाई पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे। विजेता पाकडीले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता टटेराले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो।
    कार्यक्रममा सामाजिक विकास मन्त्री पाण्डे, देवदह नगरपालिकाका पूर्वप्रमुख हिराबहादुर खत्रीलगायतले खेलले युवामा अनुशासन र नेतृत्व क्षमता विकास गर्ने बताए।
    समापन कार्यक्रम क्लबका अध्यक्ष सचिन कुमार श्रेष्ठको अध्यक्षतामा, संयोजक गोपाल प्रसाद भण्डारीको स्वागत र रविवल्लभ रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल लगायतको उपस्थिति थियो।

    Advertisement

    शुक्रबार, कार्तिक ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ३.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation