• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

लोकप्रिय समाचार

  • १. नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना

  • २. ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

  • ३. कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

  • ४. भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

  • ५. विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ६. आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

  • ७. स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी

  • ८. श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

  • ९. स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

  • १०. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई


  •   शुक्रबार, कार्तिक ०१, २०८२ मा प्रकाशित
  • रुपन्देही । देवदह प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सले जितेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा टटेरा डाइनामाइटलाई २३ रनले पराजित गर्दै पाकडीले पहिलो संस्करणको उपाधि पनि रक्षा गर्न सफल भएको हो।
    टस जितेर ब्याटिङको निम्तो पाएको पाकडीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १३४ रन जोड्यो। पाकडीका लागि सुरज चौधरीले ५४ बलमा ५७ रनको योगदान दिए भने रोशन गौतमले २५, सागर काफ्लेले २० र निश्चल ज्ञवालीले १८ रन अविजित रहे। टटेराका डेभिड थापा र एजाज अहमदले समान एक–एक विकेट लिए।
    १३५ रनको लक्ष्य पछ्याएको टटेरा २० ओभरमा नौ विकेट गुमाउँदै १११ रनमा समेटिएपछि पाकडी विजयी भयो। टटेराका सुरज सारुले ४६, रमेश राईले २०, विभेस खातीले १६ र जितेन्द्र आरकेले १४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। बलिङतर्फ पाकडीका बैजनाथ यादवले चार विकेट, निश्चल ज्ञवालीले तीन र रोशन गौतमले दुई विकेट लिए।
    खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सुरज चौधरी ‘प्लेयर अफ दि म्याच’ घोषित भए। प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका पाकडीका कप्तान प्रकाश भण्डारी ‘प्लेयर अफ दि सिरिज’ बने। यस्तै टटेराका डेभिड थापा सर्वाधिक २०४ रनसहित उत्कृष्ट ब्याट्सम्यान बने भने उनका सहखेलाडी विभेस खाती १६ विकेटसहित उत्कृष्ट बलर घोषित भए। फाइनल खेलपछि लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोष कुमार पाण्डेले एक समारोहका बीच विजेता तथा उपविजेता टोली र खेलाडीलाई पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे। विजेता पाकडीले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता टटेराले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो।
    कार्यक्रममा सामाजिक विकास मन्त्री पाण्डे, देवदह नगरपालिकाका पूर्वप्रमुख हिराबहादुर खत्रीलगायतले खेलले युवामा अनुशासन र नेतृत्व क्षमता विकास गर्ने बताए।
    समापन कार्यक्रम क्लबका अध्यक्ष सचिन कुमार श्रेष्ठको अध्यक्षतामा, संयोजक गोपाल प्रसाद भण्डारीको स्वागत र रविवल्लभ रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल लगायतको उपस्थिति थियो।

    Advertisement

    शुक्रबार, कार्तिक ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी
    यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

    लोकप्रिय

    • १.
      नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी

    • २.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै

    • ३.
      कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

    • ४.
      भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५०

    • ५.
      विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण

    • ६.
      आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर

    भर्खरै

    • १.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • २.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ३.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ४.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    • ५.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ६.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

    • ७.
      रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

    • ८.
      नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation