गुल्मी।अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै जना चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
बुधबार साँझ करिब पाँच बजेर बीस मिनेट जाँदा भएको दुर्घटनामा
पाणेनी–५ अर्घाखाँचीका २१ वर्षीय तारा बेलबासे र छत्रकोट–६ गुल्मीका ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार अर्घाखाँकी १८ वर्षीया दिपा कोईराला र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन् ।
उनीहरूलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, पाल्पा रिफर गरिएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Advertisement