नवलपरासी । रोट्र¥याक्ट क्लव अफ तिलोत्तमा देवदहको आयोजनामा निशुल्क दन्त तथा आखा शिबिर सम्पन भएको छ । सनिवार सुनवल नगरपालिका वडा नं ७ ज्यामिरे स्थित श्री जनज्योति प्राथमिक विद्यालयमा निशुल्क आँखा तथा दात शिविरको आयोजना गरिएको हो । कार्यक्रममा करिव २०० जनाले आखा तथा दातको उपचार गराएका थिए ।साथै निशुल्क औषधी तथा चस्मा पनि क्लवले वितरण गरेको थियो । श्री कृष्ण दात तथा आखा उपचार केन्द्रको प्राविधिक सहयोगमा भएको शिविरमा आखा विषेशज्ञ सरोज गैरे र दात विशेषज्ञमा कृष्ण गैरेे साथै प्राविधिक तर्फ अन्जना घिमिरे, कविता पाठक र खुस्बु थापा रहनुभएको थियो भने क्लवका सदस्यहरुको सिक्रिय सहभागिता रहेको थियो ।
अन्तराष्ट्रिय सामाजिक सस्था रोट्र¥याक्ट क्लव सदैव सामाजिक कार्यमा सरिक रहनेभएको हुनाले मानिसको अभिन्न अङ्ग आखा तथा दातलाई लक्ष्क्षीत गरी शिविरको आयोजना गरेको कार्यक्रम संयोजक राेट्याक्टर सरोज गैरेले बताउनुभयो । रोट्र¥याक्ट क्लव अफ तिलोत्तमा देवदह बर्ष २०१९÷२० का अध्यक्ष रोट्र¥याक्टर दिपेश अर्यालको अध्यक्षता र रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष खिमानन्द भुसाल, विद्यालयका प्रधानाध्यापक चन्दा चौधरी, क्लवका पूर्व अध्यक्षद्धय माधव ढकाल र गणेश सापकोटा लगायतले बोल्दै क्लवले प्रशंसनिय कार्य गरेको बताउनुभएको थियो । पूर्व अध्यक्ष माधव आचार्यले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो । क्लवका वर्ष २०१९/२० का उपाक्ष्यक्ष अर्जुन गुरुङ्को स्वागत र सचिव मनिलाल तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो ।