• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

सकियो न्यूज फेस्टिवल,यस्तो छ १६ बुँदे घोषणा


  •   मङ्गलबार, मङि्सर ०३, २०७६ मा प्रकाशित
  • लुम्बिनी । नेपालमै पहिलो पटक आयोजना गरिएको समाचार महोत्सव ‘लुम्बिनी न्यूज फेस्टिवल–२०७६’ १६बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार’–भन्ने नाराका साथ लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर भैरहवाले लुम्बिनीमा आयोजना गरेको कार्यक्रम मंगलबार सम्पन्न भएको हो । फेस्टिवलमा ठूला तथा राष्ट्रिय पत्रिकाका सम्पादकहरु,अग्रज पत्रकार,सञ्चार प्रमुख लगाएत प्रदेश ५ का सबै जिल्ला र देशैभरका अन्य जिल्लाहरुबाट ३ सय बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको आयोजक क्लबका उपाध्यक्ष नरेश के.सी.ले बताए ।

    Advertisement

    समग्र सञ्चार क्षेत्रका विषय र सरोकारका विषयमा वृहत छलफल र निष्कर्ष निकाल्न सफल महोत्सव सभ्य र भव्य रुपमा सफल भएको कार्यक्रम संयोजक दिपेन्द्र बडुवालले बताए । उनले भने ‘ कार्यक्रमको सफलतासँगै सञ्चार क्षेत्रमा नयान् आयाम ल्याउने विश्वास गरेका छौं । कार्यक्रमले संघीयतामा मोफसल र केन्द्रको दूरी हुँदैन भन्ने सन्देश दिएको हामीले महसुुस गरेका छौं ।’ क्लबका अध्यक्ष दिपेश पछाइले कार्यक्रमलाई सफल बनाउन सहयोग र सहभागि हुने सबैप्रति धन्यवाद तथा आभार प्रकट गर्दै आगामी दिनमा क्लबका गतिविधिलाई अझै सक्रिय र प्रभावकारी ढङ्गबाट अघि बढाउने जनाए ।

    ती दिनसम्म चलेको महोत्सवको अन्तिम दिन लुम्बिनी न्यूज फेस्टिबल १६ बुँदे निष्कर्ष प्रस्तुत गर्दै समापन भएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डाः तिलकराम आचार्यको संयोजकत्वमा गठित निष्कर्ष लेखन समितिले उक्त निष्कर्ष निकालेको हो । समितिको सदस्यहरुमा राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक श्यामलाल रिमाल, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेल, पत्रकार महासंघ प्रदेश–५ का अध्यक्ष मौसम रोका, लुम्बिनी प्रेस क्लबका महासचिव सम्झना शर्मा र पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा रहेका थिए ।

    यस्तो छ ! न्यूज फेस्टिवल १६ बुँदे निष्कर्ष
    १. अहिलेको विश्वमा राजनीति अर्थतन्त्र, शिक्षा आदि सबै कुराहरुलाई सूचना र ज्ञानले डोर्याउँछ । राजनीतिक शक्ति प्राप्त गर्न होस् कि धनवान् बन्न होस् वा विद्धवान बन्न होस् ,सबैको लागि सूचना र ज्ञान चाहिन्छ । त्यसैले सञ्चार शक्ति प्रमुख शक्तिको रुपमा बिकसित हुदैँछ । मानिसका अरु अधिकारका लागि पनि संचार अधिकार अपरिहार्य बन्दैछ । सूचना र संचारको अधिकार अरु अधिकारभन्दा महत्वपूर्ण बनेको छ । यसैले एक्काइसौँ शताब्दीको लोकतन्त्रमा अमजनतालाई सूचनासम्पन्न र ज्ञानवाने बनाउनु राज्यको प्रमख कर्तव्य हो । नेपालजस्तो भौगोलिक विषमताले युक्त तथा कृषिक्रान्ति र औद्योगिक क्रान्तिको अबसरबाट वञ्चित मानब संसाधनले धनी देशको बिकासका लागि सूचना तथा संचार प्रबिधिले अपूर्व अवसर प्रदान गरेको छ । सूचना क्रन्तिको यो अवसरलाई उपयोग गर्दै समृद्ध नेपालको निर्माण गर्नु अति आवश्यक छ । तसर्थ यो महोत्सव समृद्धिमा लागि संचार क्षेत्रको पुनःसंरचना गरी सूचना र जानयुक्त समाजको सिर्जना गरी नेपालीको जीवनस्तर उकास्ने, आर्थिक समृद्धि र बिकास प्राप्ति गर्ने, विश्वमा नेपालको छवि उँचो बनाउने र गणतन्त्रलाई सुदृढ बनाउन संचार क्षेत्रको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने प्रण गर्दछ ।

    २. राज्यले लोककल्याणकारी मिडिया संचालन गर्नुपर्छ , प्रेस अर्थात् शक्तिको अभ्यासको रुपमा होइन । लोककल्याण्कारी मिडियालाई आफैँ कमाएर बाँच भनेर छाड्नु हुदैँन । यही परिप्रेक्ष्यमा सरकारले गोरखापत्र , रेडियो नेपाल , नेपाल टेलिभिजन , रासस, दुरसंचार, हुलाक आदि चलाउन हुन्छ कि हुदैँन भन्ने विषयलाई हेर्नुपर्छ तथा सरकार संचालित संचारमाध्यमहरुको पुनः संरचना गरी ग्लोबल तथा नाफामुखि मिडिया को दुष्प्रभाव र एकाधिकार घटाउने अर्को प्रभाबकारी उपाउ साना, स्थानीय, सामुदायिक तथा जनताद्धारा संचालित मिडियाहरु संरक्षण र प्रोत्साहन गर्ने निति अवलम्बन गर्न संघ, प्रदेश र स्थानीय तहका सरकारलाई यो महोत्सव हार्दिक अनुरोध गर्दछ ।

    ३.नेपाली मिडियामा व्याप्त केन्द« र मोफसल भन्ने अवधारण समाप्त पार्दै आफू कार्यरत संघ, हरेक प्रदेश र स्थानीय तहलाई नै केन्द्र मान्दै आ–आफ्ना क्षेत्रका समाचार र विचार जनता, सरकार र सम्बन्धित निकायमा व्यापक रुपले पुर्याउने प्रतिवद्धता यो महोत्सव व्यक्त गर्दछ ।
    ४. यो महोत्सव पत्रकार आचारसंहिता दृढतापूर्वक पालना गर्दै व्यवसायिक पत्रकारीताप्रति प्रतिवद्ध रहने र राजनितिक दलसँगको आवद्धता र सरकार निकट बन्ने सोचाइबाट पूर्ण रुपमा मुक्त हुने प्रण गर्दछ ।

    ५.पत्रकारीताको पेशाप्रति पूर्ण निष्ठावान भई आफूलाई सबै प्रकारका प्रबिधि एवम् सीपबाट सुसज्जित हुदैँ न्यू मिडिया न्यू मिडियम, टेडिशनल मिडियम आदिको व्यापक प्रयोग गरी स्र्माट जनालिज्म उन्मूख गराउने यो महोत्सव अठोट गर्दछ ।

    ६.यो महोत्सव राष्ट्रको समृद्धिका साथसाथै राष्ट्रियता, जनजीविका , स्वाधिनता र जनताको सक्रियतामा सञ्चालित न्यापूर्ण आन्दोलनमा सहभागिता जनाई समाजिक एबं राजनितिक आन्दोलनमा जनता केन्दि«त मिडियाको रुपमा सक्रियतापूर्वक सहभागि हुने अठोट गर्दछ ।

    ७.भूमण्डलीकरण तथा नाफामुखि मिडियाको दुष्प्रभाबबाट जनतालार्य जोगाउने र जनताको सञ्चार अधिकार सुरक्षित थर्न साना तथा सामुदयिक मिडियाको प्रवद्र्धन प्रोत्साहन गर्न यो महोत्सव आहवान गर्दछ ।

    ८. सानो प्रयास र कम पुँजीबाट पनि स्याटेटेलाइटबाट विश्वव्यापी प्रसारण संभब भएकाले नेपालले आफ्नो पहिचान , पर्यटन तथा जलस्रोत जस्ता क्षेत्रको प्रचार प्रसार गर्न विदेशी मिडियाको प्रभाव घटाउन आफ्नो ग्लोबल संचारसंस्था प्रसारणको लागि यो महोत्सव आवहान गर्दछ ।

    ९.नयाँ प्रबिधिले ल्याएको नयाँ परिवेश, मिडिया विविधिकरणका आधारमा मिडिया सम्बन्धी कानूूनहरुको परिमार्जन गरी नयाँ प्रविधिलाई ध्यानमा राखी डिजिटल र इलेक्टो«निक मिडियासम्बन्धी प्रतिकुल कानुनहरुमा तत्काल परिमार्जन गरी समयसापेक्ष बनाउन यो महोत्सव माग गर्दछ ।
    १०. छापामाध्यम, एफएम रेडियो र टेलिभिजनजस्ता सञ्चार माध्यम स्थापनापूर्व सभ्भावना अध्ययन गरी आबश्यक महसुुस भएको खण्डमा मात्र स्थापना गर्ने निति अबलम्बन गर्ने सम्बन्धित निकायहरु समक्ष यो महोत्सव अपिल गर्दछ ।

    ११. लुम्बिनीलाई बौद्ध दर्शन र विश्वशान्तिको केन्द्र बनाउने अबधारणालाई आत्मसाथ गर्दै ४२ वर्ष अघि निर्मित लुम्बिनी गुरुयोजना ययथाशिघ्र कार्यान्वयन गर्न संघीय सरकार र लुम्बिनी बिकास कोषलाई यो महोत्सव आग्रह गर्दछ ।

    १२. शाक्यमुनि गौतम बुद्ध तथा कनकमुनि एवम् कुच्छन्द बुद्ध जन्मसँग सम्बन्धित सबै स्थल लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह आदि स्थलको संरक्षण, प्रर्वधन र पर्यटकीय विकास गर्न सम्बन्धित सरोकार पक्षसँग आग्रह गर्दछ । साथै यस बिषयलाई निरन्तर रुपमा मिडिया मार्फत उजागर गर्न प्रतिबद्धता यो महोत्सव व्यक्त गर्दछ ।

    १३.नेपाल भमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६लाई प्रवद्र्धन गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता यो महोत्सव व्यक्त गर्दछ ।

    १४. नेपालमा नयाँ शासकीय अभ्यासका रुपमा रहेको संघीयतालाई सफल पार्नकालागि पत्रकारिताका माध्यमबाट संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गराउन देखिएका कमिकमजोरीलाई निरन्तर औल्याउँन र आवश्यक सुझाब दिन महोत्सव पत्रकारलाई आग्रह गर्दछ ।

    १५. सरकारी सञ्चारमाध्यम एवम् निजी सञ्चारमाध्यमलाई जनशक्तिको व्यवस्था र विषयगत हिसाबले समावेशी बनाउन महोत्सव सम्बन्धित पक्षलाई आह्वान गर्दछ । र ,

    १६. नेपालको राष्ट्रियता,एकता, भौगोलिक अखण्डता तथा सार्वभौमिकताप्रति सदैव राष्ट्रिय सहमति कायम गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, प्राज्ञिक वर्ग, बुद्धिजीवी , पत्रकार, गैरसरकारी संस्था एवम् सर्वसाधारण नेपालीलाई यो महोत्सव आह्वान गर्दछ ।

    मङ्गलबार, मङि्सर ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation