शिव राज खनाल,देउखुरी। भारतले आफ्नो नयाँ राजनितिक नक्सामा नेपाली भुभाग समेटेको भन्दै सोमबार दाङको लमहिमा चर्को बिरोध भएको छ। देउखुरी बहुमुखी क्याम्पसमा अद्यनरत बिद्यार्थिले प्नदर्शन गरेका छ्न । आफ्नो भुभाग भारतले मिच्दा समेत नेपाल सरकारले तुरुन्तै कदम नचाली विभिन्न बहाना गर्दै आएको भन्दै सरकारलाई चुप लागेर नबस्न समेत अग्रह गरेका छन । विद्यार्थी नेता कल्याण अधिकारीले यदि सरकारले आदेश दिएको खण्डमा लिपुलेकमा पुगेर लड्न तयार रहेको बताए । नेपालको स्वाधीनता माथी ठेस पुराउदै भारतले नेपाली भुमीलाई जोडेर नक्सा सार्बजनिक गरिरहदा समेत प्रधानमन्त्री ओलि चुप लागेरबसिरहे सरकारकै बिरुद्ध कडा आन्दोलन गर्ने विद्यार्थी नेता सुमन कालाथोकीले बताए । कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी नेता प्रेम कालाथोकीले नेपालीहरुको इतिहास फेरि एक पटक दोहोर्याएर पढ समेत भारतलाई आग्रह गरेका छन ।
कोणसभामा भरत भुसाल, दिपेन्द्र पुलामी, सुमन कालाथोकी, वसन्त आचार्य लगाएतका विद्यार्थी नेताहरुले भारतिय हस्तक्षेप बिरुद्ध मन्तव्य ब्यक्त गरेका हुन। कार्यक्रमको सहजीकरण हरि प्रसाद खनालले गरेका थिए ।
भारत बिरुद्ध सडकमा गर्जिए बिद्यार्थी
भारत बिरुद्ध सडकमा गर्जिए बिद्यार्थी
![](https://kamanadaily.com/wp-content/uploads/2019/11/inbound3155137806051368313.jpg)
Advertisement
तपाईको प्रतिक्रिया