कपिलवस्तु । भारतको सर्वाेच्चले अयोध्यामा राम मन्दिर बनाउन बाटो खोलिदिएपछि नेपालको कपिलवस्तु सहित तराईम खुसियाली छाएको छ। कपिलवस्तुको पकडी , तौलिहवा , कृष्णानगर लगायतका क्षेत्रमा भारतीय सर्वाेच्च अदालतको फैसलाको स्वागत गरिएकाे छ। अदालतले शनिबार अयोध्याको विवादित भूमिको मुद्दामा राम मन्दिरको पक्षमा फैसला सुनाएको थियो। अयोध्या हिन्दुकै भएको फैसलामा उल्लेख छ। उक्त फैसलाको स्वागतमा कपिलवस्तुमा युवाहरुले लड्डु बाँडेको छन् ।
Advertisement