• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

लोकप्रिय समाचार

  • १. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • २. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ३. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ४. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ५. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • ६. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ७. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ८. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

  • ९. नौबहिनीको बजेट : खेतबारीदेखि सडकबत्तीसम्म विकासको उज्यालो योजना

  • १०. गोरु र राँगोपालक कृषकलाई प्रोत्साहन गर्दै गुल्मीदरबारको बजेट सार्वजनिक

अधिवेशन सम्पन्न : अध्यक्षमा केसी चयन


  •   शनिबार, कार्तिक २३, २०७६ मा प्रकाशित
  • जायश्वर जैसी / ठुलाबेसी। प्युठानको गौमुखी गाउँपालिकाको ठुलाबेसीमा रहेको एकीकृत बचत तथा ऋण सहकारी संस्थाको दशौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन संस्थाका अध्यक्ष केशव केसीको अध्यक्षतामा आज गौमुखी माध्यमिक विद्यालय ठुलबेसीमा सम्पन्न भएको छ ।अधिवेशनको उद्घाटन समारोहमा बोल्दै गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले सहकारीलाई प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि पालिका भरका सहकारी संस्थाहरूलाई एकीकृत गरी सञ्चालन गर्नु पर्ने बताउँदै सहकारीलाई व्यवस्थित गर्न आफूले सक्दो सहयोग गर्ने बताउनु भयो । त्यस्तै गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिब पन्थीले सहकारीलाई सही ढंगले सञ्चालन गर्न सहकारी शिक्षा चलाउनु पर्नेमा जोड दिँदै सहकारीको माध्यमबाट राज्यले पूरा गर्न खोजेको समृद्धिको चाहानालाई सबैले सहयोग गर्न जरुरी रहेकोे बताउनु भयो । गौमुखी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष टुक बहादुर केसी, संस्थाका संरक्षक हरि प्रसाद जैसी, जिल्ला सहकारी सञ्जालका सचिब जुमानसिंह केसी, लेखा समिति संयोजक माधवराज पोख्रेल लगायतले सहकारी सम्बन्धि महत्त्वपूर्ण मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ गौमुखी बजार ईलाकाका अध्यक्ष जनक केसी, नेपाल एस.बि.आई. बैंक ठुलाबेसी शाखाका प्रबन्धक प्रदीप घिमिरे, ईलाका प्रहरी कार्यालय लिवाँसेका इन्चार्ज लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लिला बहादुर केसीले राख्नु भएको थियो भने संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिब अर्जुन बहादुर केसीले राख्नु भएको थियोे । शेयर सदस्य संख्या ३८२ जना भएको सहकारी संस्थाको कुल पुँजी रू १,२२,११,८३७( एक करोड बाईस लाख एघार हजार आठ सय सैंतीस) रहेको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष कृष्ण मल्लले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा आधारभूत तह कक्षा ८ को गाउँपालिका स्तरीय वार्षिक परीक्षामा छात्रातर्फ गौमुखी माविकी प्रतीक्षा केसी र छात्रतर्फ अमृत जीवन मावि नारीकोटका विबेक सुनारलाई जनही रू २,५०० रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो । अधिवेशनको बन्दसत्रले केशव बहादुर केसीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा लिला बहादुर केसी, सचिब अर्जुन बहादुर केसी, कोषाध्यक्ष कृष्ण मल्ल रहनु भएको छ । त्यस्तै सदस्यहरूमा भिमा न्यौपाने, धनेन्द्र केसी, उपेन्द्र प्रसाद न्यौपाने, जायश्वर जैसी, मिरा केसी, डाल बहादुर केसी र जनक केसी चयन हुनु भएको छ । अधिवेशनले माधवराज पोख्रेल संयोजक रहेको ३ सदस्यीय लेखा उपसमिति चयन गरेको छ । जसको सदस्यमा कवि केसी र मिनाराम जैसी रहनु भएको छ । डाल बहादुर केसीको संयोजकत्वमा राजेन्द्र शर्मा र लक्ष्मी सदस्य रहेको ऋण उपसमिति पनि चयन भएको छ । त्यसैगरी संस्थाको संरक्षकमा हरि प्रसाद जैसी तथा सल्लाहकारमा जुमानसिंह केसी र गोपाल चन्द चयन हुनु भएको छ ।उपेन्द्र प्रसाद न्यौपानेले सञ्चालन गर्नु भएको कार्यक्रमको अन्त्यमा नवनिर्मित कार्य समितिका अध्यक्ष केशव बहादुर केसीले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै अधिवेशन समापन भएको घोषणा गर्नु भएको थियो ।

    Advertisement

    शनिबार, कार्तिक २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला
    इन्धन प्रयोगबारे फैलिएको भ्रमबारे मुसिकोट नगरपालिकाको स्पष्टीकरण
    इस्मामा सीप विकास तालिम लिएका युवासँग उद्यमशीलता परामर्श कार्यशाला
    इस्मा गाउँपालिका–१ मा गोरु पालक कृषकलाई सम्मान
    दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले मनाए जन्मदिन
    गाउँमै ‘काम र माम’ दिने नीति कहिले आउँछ?

    लोकप्रिय

    • १.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • २.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ३.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ४.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • ५.
      शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको

    • ६.
      रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

    भर्खरै

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ३.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ४.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ५.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ६.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ७.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ८.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...