• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

अधिवेशन सम्पन्न : अध्यक्षमा केसी चयन


  •   शनिबार, कार्तिक २३, २०७६ मा प्रकाशित
  • जायश्वर जैसी / ठुलाबेसी। प्युठानको गौमुखी गाउँपालिकाको ठुलाबेसीमा रहेको एकीकृत बचत तथा ऋण सहकारी संस्थाको दशौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन संस्थाका अध्यक्ष केशव केसीको अध्यक्षतामा आज गौमुखी माध्यमिक विद्यालय ठुलबेसीमा सम्पन्न भएको छ ।अधिवेशनको उद्घाटन समारोहमा बोल्दै गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले सहकारीलाई प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि पालिका भरका सहकारी संस्थाहरूलाई एकीकृत गरी सञ्चालन गर्नु पर्ने बताउँदै सहकारीलाई व्यवस्थित गर्न आफूले सक्दो सहयोग गर्ने बताउनु भयो । त्यस्तै गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिब पन्थीले सहकारीलाई सही ढंगले सञ्चालन गर्न सहकारी शिक्षा चलाउनु पर्नेमा जोड दिँदै सहकारीको माध्यमबाट राज्यले पूरा गर्न खोजेको समृद्धिको चाहानालाई सबैले सहयोग गर्न जरुरी रहेकोे बताउनु भयो । गौमुखी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष टुक बहादुर केसी, संस्थाका संरक्षक हरि प्रसाद जैसी, जिल्ला सहकारी सञ्जालका सचिब जुमानसिंह केसी, लेखा समिति संयोजक माधवराज पोख्रेल लगायतले सहकारी सम्बन्धि महत्त्वपूर्ण मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ गौमुखी बजार ईलाकाका अध्यक्ष जनक केसी, नेपाल एस.बि.आई. बैंक ठुलाबेसी शाखाका प्रबन्धक प्रदीप घिमिरे, ईलाका प्रहरी कार्यालय लिवाँसेका इन्चार्ज लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लिला बहादुर केसीले राख्नु भएको थियो भने संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिब अर्जुन बहादुर केसीले राख्नु भएको थियोे । शेयर सदस्य संख्या ३८२ जना भएको सहकारी संस्थाको कुल पुँजी रू १,२२,११,८३७( एक करोड बाईस लाख एघार हजार आठ सय सैंतीस) रहेको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष कृष्ण मल्लले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा आधारभूत तह कक्षा ८ को गाउँपालिका स्तरीय वार्षिक परीक्षामा छात्रातर्फ गौमुखी माविकी प्रतीक्षा केसी र छात्रतर्फ अमृत जीवन मावि नारीकोटका विबेक सुनारलाई जनही रू २,५०० रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो । अधिवेशनको बन्दसत्रले केशव बहादुर केसीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा लिला बहादुर केसी, सचिब अर्जुन बहादुर केसी, कोषाध्यक्ष कृष्ण मल्ल रहनु भएको छ । त्यस्तै सदस्यहरूमा भिमा न्यौपाने, धनेन्द्र केसी, उपेन्द्र प्रसाद न्यौपाने, जायश्वर जैसी, मिरा केसी, डाल बहादुर केसी र जनक केसी चयन हुनु भएको छ । अधिवेशनले माधवराज पोख्रेल संयोजक रहेको ३ सदस्यीय लेखा उपसमिति चयन गरेको छ । जसको सदस्यमा कवि केसी र मिनाराम जैसी रहनु भएको छ । डाल बहादुर केसीको संयोजकत्वमा राजेन्द्र शर्मा र लक्ष्मी सदस्य रहेको ऋण उपसमिति पनि चयन भएको छ । त्यसैगरी संस्थाको संरक्षकमा हरि प्रसाद जैसी तथा सल्लाहकारमा जुमानसिंह केसी र गोपाल चन्द चयन हुनु भएको छ ।उपेन्द्र प्रसाद न्यौपानेले सञ्चालन गर्नु भएको कार्यक्रमको अन्त्यमा नवनिर्मित कार्य समितिका अध्यक्ष केशव बहादुर केसीले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै अधिवेशन समापन भएको घोषणा गर्नु भएको थियो ।

    Advertisement

    शनिबार, कार्तिक २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...