दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाको त्रिदेशीय सीमाक्षेत्रमा भारतीय अतिक्रमण भएको पाँच दशक नाघिसकेको छ ।व्याँस गाउँपालिकाको वडा नं. १ साबिकको व्याँस गाविस चीन र भारतसँग सिमाना जोडिएको त्रिदेशीय विन्दु भए पनि नेपालको राज्यसंयन्त्रको पहुँचबाहिर छ, जसका कारण यहाँ भारतीय दबदबा रहँदै आएको छ ।यसअघि पनि नेपाली भूभागमा भारतीय पक्षले मनलाग्दी गतिविधि सञ्चालन गरिरहेको सूचना नेपाली राज्य संयन्त्रले नपाएको होइन। तर राज्यको प्रतिक्रिया स्थानीयले सुन्न पाएका थिएनन् ।
भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटेपछि यस विषयले फेरि देशव्यापी चर्चा पाएको छ ।नेपालभर यसको विरोध भएको छ। त्यस भूमिमा सन् १९६२ देखि नै भारतीय सेना छ। सुगौली सन्धिअनुसार नेपाल र भारतको सीमा काली नदी हो ।भारतले ३० किलोमिटरपूर्व कृत्रिम नदी बनाई त्यसलाई ‘काली’ भन्न थाल्यो र त्यसदेखि पश्चिमको भूभाग अतिक्रमण सुरु गर्यो। वास्तविक काली नदीलाई भारतले कुटियन्ती भन्न थाल्यो ।नेपालले कालापानी र लिपुलेकको स्वामित्व दाबी गर्दै आए पनि लिम्पियाधुरा भने चुपचाप त्यागिदिएको थियो। भारतले कुटियन्ती भन्दै आएको नदीलाई नयाँ नक्सामा काली लेखेको छ ।कालापानी–लिपुलेकको क्षेत्रफल ६२ वर्गकिलोमिटर छ। लिम्पियाधुराको ३ सय १० वर्गकिलोमिटर भारतले यसअघि नै कब्जा गरिसकेको छ । नागरिक दैनिकले समाचार छापेकाे छ ।
त्रिदेशीय सीमाक्षेत्र: राज्य संयन्त्रको पहुँच बाहिर
त्रिदेशीय सीमाक्षेत्र: राज्य संयन्त्रको पहुँच बाहिर
Advertisement
तपाईको प्रतिक्रिया