• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शनमा


  •   मङ्गलबार, कार्तिक १९, २०७६ मा प्रकाशित
  • काठमाडौं । साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटेका छन् ।विष्ट ब्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद तथा घिमिरे र प्रकाश सिवाकोटीका गीत छन् जसमा जुनु गौतमको स्वर छ । गौतम चलचित्रको सहनिर्मातासमेत हुनुहुन्छ । चलचित्रको प्रिमियर सो अष्ट्रेलियाको भियनामा गरिसकिएको छ ।साहित्यकार घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिरस्कारको विषय चलचित्रमा प्रस्तुत गरिएको छ । घिमिरेको जन्मस्थान धनकुटा, धरानको बिपी मेमोरियल अस्पताल र काठमाडौँको रातो बङ्गलामा चलचित्र छायाङ्कन गरिएको छ । शिशुदेखि ज्येष्ठ नागरिकसम्मले मन पराउने अपेक्षा गरिएको चलचित्रले घिमिरेको सङ्घर्षले धेरै मानिसलाई प्रेरणा दिने उद्देश्य राखेको निर्देशक विष्टले बताए ।चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवावस्थामा रोजिता बुद्धाचार्य र बहिनीको भूमिकामा सारिका घिमिरे, पिताका भूमिकामा किशन सुनार र मातामा उमा गिरी छन् । अन्य कलाकारमा स्वीकृति शर्मा, टीका सुवेदीलगायत ३० भन्दा बढी छन् । यसअघि निर्देशक विष्टले ‘प्रेम प्रतीक्षा’, ‘रणसङ्ग्राम’ र ‘म कसरी भनूँ’ जस्ता चलचित्र निर्माण÷निर्देशन गरेका छन् ।शारीरिक तथा मानसिकरूपमा अशक्त मानिसले पनि सामाजिक विकासमा योगदान गर्न सक्छन् र उनीहरूलाई समाजले अवहेलना गर्नुहुँदैन भन्ने सन्देश दिनका लागि चलचित्रले दर्शकलाई प्रभाव पार्ने विश्वास गरिएको छ । शारीरिकरूपमा असामान्य मानिसकोे घरका सदस्यलाई पर्ने असजिला पक्ष तथा ती सदस्यले राम्रो गर्दागर्दै पनि पीडितलाई हुन जाने मनोविज्ञान व्यावहारिकरूपमा समेटिएको चलचित्रको लागत करीब रु ८० लाख छ ।विसं २०३७ असार २१ धनकुटाको कचिंडेमा बुबा कृष्णबहादुर र आमा आशादेवीकी छोरीका रूपमा जन्मिनुभएकी घिमिरेले रचना गर्नुभएका कृतिमा ‘सङ्कल्प’, ‘आफ्नै चिता अग्निशिखातिर’, ‘मान्छेभित्रका योद्धाहरू’, ‘झमक घिमिरेका कविताहरू’ र ‘क्वाँटी’ कवितासङ्ग्रह छन् । उहाँले प्राप्त गरेका पुरस्कारमा राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५, अस्वीकृत विचार साहित्य पुरस्कार २०५६, मदन पुरस्कार २०६७ र लैनसिंह वाङ्देल पुरस्कार २०७२ छन् ।मस्तिष्क पक्षाघातले गर्दा हातगोडा लुला भएका उनले कुनै पाठशाला र गुरुबाट औपचारिक शिक्षा लिनुभएको छैन र गोडाको बूढीऔँलाले कखरा सिक्दै प्राप्त गरेको सफलता सबैका लागि पे्ररणादायी बनेको छ ।

    Advertisement

    मङ्गलबार, कार्तिक १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?
    अरुणा र अनुजको ‘टाढा नजाउ’
    रेसुङ्गा–४ मा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न
    समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक
    मञ्जु पौडेलको ‘छैन नि फरिया’ गीतमा गाउँले स्वाद र संस्कारको सुगन्ध
    बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation