• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

लोकप्रिय समाचार

  • १. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • २. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ३. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ४. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • ५. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ६. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ७. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ८. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ९. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • १०. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शनमा


  •   मङ्गलबार, कार्तिक १९, २०७६ मा प्रकाशित
  • काठमाडौं । साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटेका छन् ।विष्ट ब्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद तथा घिमिरे र प्रकाश सिवाकोटीका गीत छन् जसमा जुनु गौतमको स्वर छ । गौतम चलचित्रको सहनिर्मातासमेत हुनुहुन्छ । चलचित्रको प्रिमियर सो अष्ट्रेलियाको भियनामा गरिसकिएको छ ।साहित्यकार घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिरस्कारको विषय चलचित्रमा प्रस्तुत गरिएको छ । घिमिरेको जन्मस्थान धनकुटा, धरानको बिपी मेमोरियल अस्पताल र काठमाडौँको रातो बङ्गलामा चलचित्र छायाङ्कन गरिएको छ । शिशुदेखि ज्येष्ठ नागरिकसम्मले मन पराउने अपेक्षा गरिएको चलचित्रले घिमिरेको सङ्घर्षले धेरै मानिसलाई प्रेरणा दिने उद्देश्य राखेको निर्देशक विष्टले बताए ।चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवावस्थामा रोजिता बुद्धाचार्य र बहिनीको भूमिकामा सारिका घिमिरे, पिताका भूमिकामा किशन सुनार र मातामा उमा गिरी छन् । अन्य कलाकारमा स्वीकृति शर्मा, टीका सुवेदीलगायत ३० भन्दा बढी छन् । यसअघि निर्देशक विष्टले ‘प्रेम प्रतीक्षा’, ‘रणसङ्ग्राम’ र ‘म कसरी भनूँ’ जस्ता चलचित्र निर्माण÷निर्देशन गरेका छन् ।शारीरिक तथा मानसिकरूपमा अशक्त मानिसले पनि सामाजिक विकासमा योगदान गर्न सक्छन् र उनीहरूलाई समाजले अवहेलना गर्नुहुँदैन भन्ने सन्देश दिनका लागि चलचित्रले दर्शकलाई प्रभाव पार्ने विश्वास गरिएको छ । शारीरिकरूपमा असामान्य मानिसकोे घरका सदस्यलाई पर्ने असजिला पक्ष तथा ती सदस्यले राम्रो गर्दागर्दै पनि पीडितलाई हुन जाने मनोविज्ञान व्यावहारिकरूपमा समेटिएको चलचित्रको लागत करीब रु ८० लाख छ ।विसं २०३७ असार २१ धनकुटाको कचिंडेमा बुबा कृष्णबहादुर र आमा आशादेवीकी छोरीका रूपमा जन्मिनुभएकी घिमिरेले रचना गर्नुभएका कृतिमा ‘सङ्कल्प’, ‘आफ्नै चिता अग्निशिखातिर’, ‘मान्छेभित्रका योद्धाहरू’, ‘झमक घिमिरेका कविताहरू’ र ‘क्वाँटी’ कवितासङ्ग्रह छन् । उहाँले प्राप्त गरेका पुरस्कारमा राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५, अस्वीकृत विचार साहित्य पुरस्कार २०५६, मदन पुरस्कार २०६७ र लैनसिंह वाङ्देल पुरस्कार २०७२ छन् ।मस्तिष्क पक्षाघातले गर्दा हातगोडा लुला भएका उनले कुनै पाठशाला र गुरुबाट औपचारिक शिक्षा लिनुभएको छैन र गोडाको बूढीऔँलाले कखरा सिक्दै प्राप्त गरेको सफलता सबैका लागि पे्ररणादायी बनेको छ ।

    Advertisement

    मङ्गलबार, कार्तिक १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    • २.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो

    • ५.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ६.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा

    भर्खरै

    • १.
      बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

    • २.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

    • ३.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ४.
      रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

    • ५.
      बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

    • ६.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

    • ७.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • ८.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation