कपिलवस्तु। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ रेन्जरपोष्ट (माइक्रोथान) नजिकै बीच सडकमा बम जस्तो देखिने शंकास्पद वस्तु राखिएको छ। संकास्पद वस्तुका कारण पुर्व पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध छ । अहिल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । नेपाली सेनाको टोली आएपछि डिष्पोज गरि सडक सुचारु गरिने वडा प्रहरी कार्यालय चन्द्रौटाले बताएको हो।कपिलवस्तु शिवराज १ मा रहेको सरस्वती आधारभूत विद्यालयदेखि ३०० मिटरको दूरीमा राखिएको अन्जान वस्तुले बालबालिकाहरुमा समेत त्रास पैदा भएको छ।
Advertisement