रुपन्देहीमा काँग्रेस नेता परस्त्रीसँग भेटिएपछि

बुटवल  । रुपन्देहीमा काँग्रेसका एक नेता अर्कैकी श्रीमतीसँग रंगेहात पक्राउ परेका छन् ।बुटवल उपमहानगरपालिका–१२ बेलबासकी एक स्थानीय महिलासँग मादक पदार्थ सेवन गरिरहेको अवस्थामा काँग्रेस नेता हरी पोखरेल पक्राउ परेका हुन । सैनामैना नगरपालिका–१० सालझण्डी निवासी उनी नेपाली काँग्रेस रुपन्देही ५ का क्षेत्रीय कोषाध्यक्ष हुन् ।पोखरेल गत प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवारमा दावेदारी प्रस्तुत गरेका थिए । यद्यपी, उनलाई काँग्रेसले निर्वाचनमा टिकट भने दिएको थिएन ।

पक्राउ परेकी महिला नेकपाकी कार्याकर्ता रहेको र केही महिना अघि उनलाई पार्टीले कारबाही गरेको बुझिएको छ । महिलाका श्रीमानले उनीहरुलाई रंगेहात फेला पारी प्रहरीलाई खबर गरेका थिए ।पोखरेल र ती महिला कोठामा मादक पदार्थ सेवन गर्दै अश्लील चलचित्र हेर्दै गरेको अवस्थामा प्रहरी लिएर महिलाका श्रीमान् कोठामा पुगेका थिए । उनीहरुबीच अनैतिक सम्बन्ध रहेको महिलाका श्रीमानले आरोप लगाएका छन् ।प्रहरीले कोठाबाटै नियन्त्रणमा लिएको उनीहरुलाई महिलाका श्रीमानले दिएको उजुरी पछि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...