प्युठानमा महिलाको बेवारिसे शव फेला

कामना डेली,प्युठान। जिल्लाको माण्डवी गाउपालिका वडा नम्बर ३ देविस्थान स्थित माडी खोला किनारमा एक बेवारिसे महिलाको सव फेला परेको छ। खोलाको बिचमा ढुङ्गामा अडिकएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।मंगोलियन अनुहार ( मगर गुरुङ ) जस्तो देखिने महिला रातो र पहेँलो कलरको मेक्सी र हरियो पेटिकोट लगाएको, नाकमा फुली लगाएको, दुबै हातमा कालो पलाष्टिकको १-१ वटा चुरा लगाएको, करिब ३८ देखि ३९ वर्ष बर्षको देखिने महिलाको शव फेला परेको हो। जानकारी पाउनेबित्तिकै प्रहरी चौकी देविस्थानबाट खटिएको प्रहरीको टोली घटनास्थल पुगेर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको प्रहरीले जनाएको छ।घटनास्थल प्रहरी चौकी देविस्थानबाट ३ कि.मी. दक्षिणमा पर्छ। शव भेटिएको क्षेत्रबाट मानिस हराएको खबर प्राप्त नभएको प्रहरीले जनाएको छ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...