सुरज भट्टराई ,देवदह ।। रुपन्देहीको देवदहमा रहेको लियो क्लब अफ लर्ड बुद्धले असहाय व्यक्तिहरुलाई खाना खुवाएको छ । “सेवा नै धर्म “हो भन्ने मुल नारा सहित आज क्ल्बले बुटवल स्थित मानव सेवा आश्रममा गई त्यहाँ बसेका४० असहाय व्यक्तिहरुलाई खाना खुवाएको छ ।सो कार्यक्रममा देवदह नगरपालिकाको उप-प्रमुख बिद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यता , देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा नगर खेलकुद विकास समिति संयोजक दिपक चापागाईं , लायन्स क्लब अफ बुटवल खसेउलीका चार्टर प्रेसिडेन्ट तथा लियो क्लब अफ लर्ड बुद्धका सल्लाहकार लायन मुक्ति श्रेष्ठ , देवदह खानेपानी संस्थाको अध्यक्ष गुमान संह कवर , सामाजिक ब्याक्तित्व चक्रपानी तिवारी, मानव सेवा अश्रमको संचालिका सरु अधिकारी, मानव सेवा आश्रमको अभिभावक कमला हमाल,लियो डिस्टिक 325 बि 2 को रिजन 8 कोडिनेटर लियो बिजेन्द्र मान शाक्य लगायतका अतिथि महानुभावहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा नगर खेलकुद विकास समिति संयोजक दिपक चापागाईंले आफ्नो बाबाको सोह्र सराद तिथिको अवसर पारी आश्रममा आश्रित असहाय व्यक्तिहरुलाई भोजन गराउने प्रतिवद्धता सहित लियो क्लब अफ लर्ड बुद्धलाई प्रगतिको लागि शुभकामना दिनुभएको थियो ।साथै प्रमुख अतिथि समेत रहनु भएकी देवदह नगरपालिका उप-प्रमुख बिद्या लक्ष्मी गुरुङले क्लबले आफ्नो तर्फ र नगरपालिकाको तर्फ बाट केही सहयोग गर्ने परे हरदम तयार रहने र यसरी सामाजिक कार्यमा उदात्त भई काम गरेकोप्रति क्लब को प्रशंसा समेत गर्नुभएको थियो ।क्लबका अध्यक्ष लियो कमल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रम क्लबका फस्ट भि.पि सन्दिप तिवारीको स्वागत र क्लबका सचिब लियो प्रदिप पाण्डेको संचालनमा भएको थियो।कार्यक्रमको संयोजन लियो समिक्षा खरेलले गर्नु भएको थियो ।