कामना डेली,रोल्पा।रोल्पाको रोल्पा नगरपालिका ७ भलमा नजिकै शुक्रबार साझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। निम्रि भन्ने स्थानमा यात्रु छोडेर फर्केदै गरेको ना १ ज ४६५६ न. को जिप भिरबाट तल खोलामा खस्दा धवाङ निवासी ३० बर्षिय चालक तिलबहादुर बुढामगरको मृत्यु भएको हो। जिप दुर्घटना भएको थाहा पाए पछि नेपाल प्रहरी र सशस्त्र प्रहरी घटना स्थल पुगेका थिए। रातिमा लास नभेटिए पछि उनिहरु फर्केका थिए। प्रहरीका अनुसार शनिबार बिहान घटना स्थल भन्दा करिब दुई किलो मिटर तल माडि खोलामा लास भेटिएको हो। मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल पु¥याईएको छ।
Advertisement