प्यार अलि खाँन। नेपालमा रहेका टिनेजरहरुलाई मध्यनजर गर्दे पहिलोपटक “मिस्टर तथा मिस–टिन नेपाल २०१९” नामक प्रतियोगिता राजधानी काठमाण्डौँमा जारी छ । यसै विच प्यूठान सरुमारानी–२ ददेरीकी रितु जि.सि प्रतियोगिताको टप–२० मा पर्न सफल भएकी छन् । सयौँ प्रतियोगीको भिँडबाट प्रतियोगी नं. १० की रितु उत्कृष्ठ २० मा छनौट भएसंगै आफुमा उपाधी जित्ने आत्मविश्वास बढेको जि.सि बताउँछिन् । “म मा कन्फिडेण्ट बढेको छ ।” जिसिले भनिन् , “उपाधी चुम्नेमा नै मेरो पुरा ध्यान केन्द्रित छ ।” प्रतियोगिताले विधार्थी आफ्नो पाठ्यक्रममा मात्र सिमित नभई अतिरिक्त गतिविधिमा पनि उक्तिकै ध्यान दिनुपर्नेमा थप हौसला मिलेको जि.सि बताउँछिन् । कोटेश्वर स्थित हिमालयन कलेज कक्षा १२ मा अध्ययनरत जिसि कानुनको विद्यार्थी हुन् ।एस.इ.इ तथा प्लस–टु का विधार्थीहरुलाई मध्यनजर गर्दै उनिहरुको व्यक्तित्व विकास एंव सौन्दर्यताको पक्षलाई विशेष ख्याल गर्दै प्रतियोगिताको आयोजना गरिएको आयोजक एंव वरिष्ठ कोरियोग्राफर सपना राईले बताईन । प्रतियोगितामा दुबै तर्फ उत्कृष्ठ पाँच जना केही हप्तामै छनौट गर्न लागिएको राईले जानकारी दिईन । यस सौन्दर्य प्रतियोगितामा ख्याती प्राप्त रंगमञ्चका कलाकार तथा वरिष्ठ मोडलिङहरुबाट टे«निङ गराईएको राई बताउँछिन् । प्रतियोगितामा देशभरबाट १५ देखि ३० वर्ष सम्म उमेर भएकाहरुले आवेदन भरेका थिए ।
प्युठान कि रितुको यस्तो छ मिस टिनको उपाधी जित्ने आत्मविश्वास
प्युठान कि रितुको यस्तो छ मिस टिनको उपाधी जित्ने आत्मविश्वास

Advertisement
तपाईको प्रतिक्रिया