घाेराही । अविरल वर्षाका कारण दाङका देउखुरीका केही भूभाग डुबानामा परेका छन् ।राप्ती गाउँपालिकाको लठ्वा, पहरुवा, सिगैलगायतका गाउँ डुबानमा परेका छन् । स्थानीय दोलही खोलामा आएको बाढीका कारण यी गाउँ डुबानमा परेका हुन् ।दोलही खोलामा आएको बाढीका कारण पश्चिम राप्ती र बबई नदीमा जल सतह बढ्दो क्रममा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले जानकारी दिए ।जलसतह बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।
Advertisement