काभ्रे। । अविरल वर्षाका कारण घर भत्किँदा काभ्रेमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन् । जिल्लाको बनेपा नगरपालिका- ३ नालामा पहिरोले पुरिदा स्थानीय रामप्रसाद दंगालकी श्रीमती ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको हो ।उनीहरु हजुरआमा-नातिनी हुन् ।काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार घर माथिबाट आएको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो । पहिरोले पुरिदा सुशीला दंगाल, अनुस्का दंगाल र अर्का एक जना घाइते भएका छन् । काभ्रेको कोशीपारी डाडापारी जोड्ने मुख्य सडकहरु वर्षाका कारण अवरुद्ध भएका छन् ।
Advertisement