बाँके – बाँकेको नरैनापुर गाउँपालिकाका धेरै जसो भारतीय सीमावर्ती गाउँहरु डुबानमा परेका छन् ।शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण गाउहरु डुबानमा परेका हुन।अविरल वर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरुमा पसेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरले जनाएको हो ।गाउँपालिकाको वडा नम्बर-१, कट्कुइँयामा रहेकाे वडा कार्यालयमा पनि पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो ।दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपुर्वा, रोशनपुर्वा लगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् ।एक सयभन्दा बढी घर डुबेको र झण्डै १ दर्जन घर भत्किएको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिनुभयो । निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पुर्याएको छ । पुल, कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको अध्यक्ष शाहले बताउनुभयो ।घरहरुमा पानी पसेपछि गाउँपालिका अध्यक्ष शाह नेतृत्वको टोली उद्धारमा खटिएको छ ।
अविरल बर्षाले नरैनापुरका अधिकांश गाउँ डुबानमा
अविरल बर्षाले नरैनापुरका अधिकांश गाउँ डुबानमा

Advertisement
तपाईको प्रतिक्रिया