गौतम बुद्ध विमानस्थल भैरहवाबाट एउटा पेस्तोल र १६ राउण्ड गोली सहित भारतीय नागरिक पक्राउ परेका छन् ।
Advertisement
पक्राउ पर्नेमा लखनउका ५० वर्षीया उमेश शुक्ला छन् । उनी बिहीबार दिउँसो बुद्ध एयरको विमान मार्फत गौतम बुद्ध भैरहवा हुँदै पोखरा उड्न लागेको अवस्थामा पक्राउ गरीएको हो ।
एक्सरेमा शंकास्पद दृश्य देखिएपछि चेक जाचका क्रममा पेस्तोल भेटिएको थियो । उनले त्यो हतियार लाइसेन्स प्राप्त भएको दाबी गरेका छन् । तर, प्रहरीसमक्ष लाइसेन्स देखाउन सकेका छैनन् । थप अनुसन्धान भइरहेको डीएसपी धर्मराज भण्डारीले बताए ।