टेक बहादुर पुन,देउखुरी । दाङमा सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलाइ भत्किदा ३ मजदुरको मृत्यु भएको छ ।शनिबार बिहान १:२० बजे ५० मिटर अग्लोमा रहेको प्लान्टको पाँचौ तल्लाको सट्रिङ्ग भत्किदा घाईते भएका ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको लागि एभरेष्ट कन्ट्रक्सन भारतले ठेक्का लिएको छ । जुन प्लान्ट ८० मिटर अग्लो हो । हाल ५० मिटर काम भईसकेको छ । उक्त कम्पनिमा २५० जना भारतिय मजदुर कार्यरत छन् । शनिबार राति मात्र प्लान्टमा २० जना मजदुर काम गर्दै गरेको कम्पनिले बताएको छ । एभरेष्ट कम्पनिले सिफ्ट अनुसार मजदुरलाई २४ घण्टा काममा लगाउँछ । राति डिउटी पर्ने मजदुरको लागि सधै खतरा हुने एक स्थानियले बताए । ‘कम्पनिले सधै राति काम गराउँछ, यसले मजदुरलाई खतरा छ एक मजदुरले भने- रातिको कामको नतिजा अाज देखियो ।’मजदुरको सुरक्षा सहित बाँकि काम सम्पन्न गराउन ठेक्का कम्पनिलाई अाग्रह गर्ने सम्राट सिमेन्ट कम्पनिका जनरल म्यानेजर रेवन्त ढकालले बताए ।
घटनाको प्रकृति हेर्दा सट्रिङ्गले कँक्रिटको भार थेग्न नसकेर दुर्घटना निम्तिएको वडा प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख युवराज चौधरीले बताए । सुरक्षाको लागि मजदुरले बेल्ट प्रयोग गरेपनि माथिल्लो तल्लामा बेल्ट बाँध्ने ठाउँ छैन । मजदुर हतास भएको र रातिको समय भएकोले पनि दुर्घटना भएको हुन सक्ने चौधरीले बताए । एक मजदुर माथिबाट खस्दै गर्दा बिचमै स्काफोल्डिङ्ग पक्रेर बाँच्न सफल भएका छन ।मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षका मंगल कस्यव, २२ वर्षका दयाल हरेन, ४६ वर्षका साहेव रहेका छन् ।घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् ।
जस मध्य अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल पठाईएको छ ।घाइतेहरुको फ्लोरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियो । घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
दाङमा सिमेन्ट उद्योगको प्लान्ट भत्किदा ३ मजदुरको मृत्यु !
दाङमा सिमेन्ट उद्योगको प्लान्ट भत्किदा ३ मजदुरको मृत्यु !

Advertisement
तपाईको प्रतिक्रिया