कामना डेली,कपिलवस्तु। श्रीमानको कुटाईवाट कपिलवस्तुको वाणगंगामा श्रीमतीको हत्या भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर १ बुंचीमा ४९ वर्षिय अगमन चौधरीले कुटपीट गर्दा ३९ वर्षिय गीता चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ । आज दिउसो साढे ४ बजे
श्रीमानले इट्टा प्रहार गरेपछि शक्त घाइते भएकी चौधरीलाई उपचारको लागि प्रादेशीक अस्पताल बुटवलमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यलय पिपराले जनाएको छ । प्रहरीका अनुसार श्रीमानले मादक पद्धार्थको सेवन गरी श्रीमतीमाथी निर्घात कुटपिट गरेको जनाइएको छ । श्रीमतीको हत्या गर्ने चौधरीलाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय पिपराले बताएको छ ।
Advertisement