बिमल प्रसाद पोख्रेल,प्युठान।भारी बर्षाका कारण झिमरूक ५ प्युठान ढाडामा रहेको स्वास्थ्य चौकी अोखरकोटको भवन डुवानमा परेको छ।स्थानिय ढड्यान खोलाले बगाएर ल्याएको ढुङ्गा माटो थुपारेर धार बदलेर स्वास्थ्य चौकि तर्फ खोला सोझिएको हो। स्वास्थ चौकि वरिपरि पर्खालले घेरेकाले सहजै पानी बाहिर पास हुन नसकेर थुनिएको थियो। मुस्किलले अौषधि लगायत उपकरण बचाएको स्वास्थ चाैकिमा कार्यरत हेमलाल कुवरले बताउनुभयो। भवन डुवानमा परेसंगै झिमरूक गाउपालिकाले अनुगमन गरेको छ । साथै भित्र थुप्रीएको हिलो कर्मचारी संगै ज्यामी लगाएर सफा गर्न निर्देशन गर्दै बाहिरको बाटो लगाएत अन्य कार्य पालिकाले बानाउने प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद भुसालले बताउनुभयो ।
Advertisement