• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, चैत २८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

यो बुढो रुख त्यो बुढो रुख

लोकप्रिय समाचार

  • १. मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

  • २. यो बुढो रुख त्यो बुढो रुख

  • ३. प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

  • ४. जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

  • ५. ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

  • ६. भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

  • ७. नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

  • ८. सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

  • ९. गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

कोपिला भाउजूलाई दिरेकलालको चिठी: पुष्करलालको जस्तै विमलको नियति


  •   आइतबार, जेठ १२, २०७६ मा प्रकाशित
  • कोपिला भाउजू
    नमस्कार
    तपाईं दाइ डाक्टर विमल अग्रवालको आशौचमा हुनुहुन्छ । म मेरा बुबा पुष्करलाल श्रेष्ठको आशौचमा छु । हामी दुवैको व्यथा उस्तै छ, त्यसैले यो चिठी लेख्दै छु ।भाउजू, तपाईंले श्रीमान् गुमाउनुभयो, मैले पिता गुमाएँ भन्ने कुराले मात्र हामीमा समानता रहेको होइन, हाम्रा दुवै आफन्तले अस्पतालबाट ठीक ढंगले उपचार नपाएका कारण असामयिक निधन भोग्नुपरेको अनुभूति हामीले गरेका छौं– दाइ विमललाई नोबेल मेडिकल कलेजका कारण र मेरो बुबालाई ब्लु क्रस हस्पिटलका कारण ।तर, हामी दुवै अस्पतालको त्यस व्यवहारप्रति लाचार छौं, तपाईं समाजको प्रतिष्ठित डाक्टर हुनुहुन्छ, म स्थापित प्रकाशनगृहको सञ्चालक छु । यस हैसियतमा रहेर पनि हामी अस्पतालको व्यवहारप्रति निरीह छौं, आम सर्वसाधारण नागरिकसँग त असन्तुष्टि व्यक्त गर्ने माध्यम पनि छैन, उनीहरुको अवस्था के होला भन्ने चिन्ताका कारण पनि म यो पत्र लेख्दै छु । हामी दुवैले हामीजस्ता तमाम नेपालीको आवाजमा ऐक्यबद्धता जनाउनुपर्छ, आफूले सकेसम्म सघाउनुपर्छ भन्ने सोचले पनि यो अनुरोध गरेको हुँ ।दाइ, डाक्टर विमल अग्रवाललाई विराटनगरबासी मात्र होइन पूर्वी नेपालभरि नै वरिष्ठ बालचिकित्सकका रुपमा सबैले चिन्थे । ठीक त्यही अवस्था कामना प्रकाशनका संस्थापक तथा नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको पनि थियो । तर, उहाँको कमजोर स्वास्थ्य अवस्थालाई ख्यालै नगरी अस्पतालले मृगौलाको पत्थरीको अपरेसन गरिदियो, परिणामस्वरुप उहाँलाई जीबीएस (ज्ञयन ब्यारी सिन्ड्रोम) नामक भयानक ब्याक्टेरियाले आक्रमण ग¥यो । अन्ततः उहाँलाई गत वैशाख ४ गते हामीले गुमाउनुप¥यो, मात्र ६१ वर्षको उमेरमा । अझ दाइ विमल त ४१ का मात्र हुनुहुन्थ्यो, हैन ?जीबीएस अपरेसनकै कारण  गुगल सर्च गर्दा देखिन्छ, ज्ञयन ब्यारी सिन्ड्रोम (सीबीएस) शरीरको स्नायु कमजोर बनाउने र प्रतिरक्षात्मक प्रणालीमा आक्रमण गर्ने अवस्था हो । कमजोरी र थकान यसको पहिलो लक्षण हो । यसले सम्पूर्ण शरीरलाई नचल्ने बनाउँछ । यो मेडिकल आकस्मिक अवस्था हो ।यसको भाइरस कसरी सर्छ भनेर यकिन गरेर भन्न सकिन्न, तर शल्यक्रियामा गरिने असावधानीका कारण जीबीएस भएको पाइन्छ । काँचो खाना खाएपछि र पखाला चलेपछि पनि जीबीएस भएको देखिन्छ । तर, पुष्करलालले न कुनै काँचो खाना खानुभएको थियो न त उहाँलाई डायरिया नै भएको थियो । गरिएको थियो त केवल अपरेसन, त्यो पनि स्वास्थ्य अत्यन्त कमजोर भएको अवस्थामा जस्तो विज्ञहरुले व्याख्या गरेका छन् ।गएको मंसिर १९ को कुरा हो, मेरा बुबा पुष्करलाललाई नाकमा समस्या देखिएका कारण उपचारका लागि उहाँलाई लिएर हामी काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा पुग्यौं । डाक्टरले परीक्षणपछि भर्ना भएर उपचार गर्ने सुझाव दिएकाले सोही दिन उहाँको भर्ना भयो ।नाक, कान घाँटीका डाक्टर किरण राईले उहाँको नाक सफा गरे र तीन दिनमा खुल्छ भने । खुल्यो पनि– तीन दिनमा पूरै ठीक भयो । तर, यसको कारण पत्ता लगाउने सिलसिलामा फिजिसियन डा. खगेन्द्रबहादुर श्रेष्ठ तथा डा. पारसमणि श्रेष्ठले २० मंसिरमा अल्ट्रासाउन्ड गराए । दाहिने मृगौलामा ०.७ मिलिमिटरको पत्थर देखियो । डाक्टरहरुले तत्काल अपरेसन गर्नुपर्छ भने । तर, उहाँ निकै कमजोर हुनुहुन्थ्यो, ‘यस्तो अवस्थामा अपरेसन गरिहाल्ने र’ भनेर अनुरोध ग¥यौं । तर, बिरामीलाई तत्काल अपरेसन नगरे मृगौला काम नलाग्ने गरी बिग्रने डर देखाए । खास गरी डा. पारसमणि झर्कोफर्को नगरी बोल्नै नजान्ने । डा. खगेन्द्र भने आफैं अलमलमा देखिन्थे ।हामी २५ मंसिरमा अस्पतालबाट फिर्ता भयौं तर, २७, २९ र पुस १ मा फलोअपका लागि आयौं । कमजोरी र सुत्न नसक्ने अवस्था अझै बढेर गयो । बिरामीको अवस्था ख्याल नगरी मृगौलाको अपरेसन गर्ने ब्लु क्रसको व्यवहारले मेरा बुबालाई जीबीएस संक्रमण भइसकेको थियो । किनभने विज्ञहरुका अनुसार प्राणघातक जीबीएस शल्यक्रियामा हुने असावधानीपछि नै संक्रमणमा आउँछ ।पहिला बुबालाई नाकबाट पानी बगिरहनुबाहेक अरू समस्या थिएन, अलि कमजोरी छ, तर अरू सबै ठीक छ भन्नुहुन्थ्यो । शल्यक्रिया गर्दा चलाइएको एनेस्थेसियाका कारण यसो भएको हो, ४८ घण्टामा ठीक भइहाल्छ भन्ने जवाफ डाक्टरहरुको थियो । डा. पारसलाई फलोअपका क्रममा सोध्दा यो मेरो क्षेत्रको विषय होइन, डा. खगेन्द्रलाई भेट भनेर ठाडो जवाफ दिन्थे । बिरामीप्रति देखाउने संवेदनशीलता कत्ति पनि थिएन । डा. खगेन्द्रलाई देखाउँदा यो त पार्किन्सनजस्तो छ भनिदिए ।लेजर अपरेसन भएको दुई दिनपछि जीबीएसका लक्षणहरु क्रमशः देखिन थाले । रिंगटा लाग्ने, बोली धोद्रो र लरबरिएको अनि हातगोडा गल्ने लक्षण देखियो । खाना निल्न नसक्ने अवस्था पनि सुरु भयो ।ब्लु क्रस अस्पतालमा एक–आपसमा दोषारोपण पनि जिल्ल पार्ने खालकै थियो । डा. पारसले डा. खगेन्द्रलाई सोध्नु भन्ने, उनलाई सोध्यो ‘पारसले के भन्यो’ भनेर सोध्ने । कुरा धुत्नेजस्तो व्यवहार । बुबालाई समस्या गराउने कामका लागि उनीहरु एक–आपसमा दोषारोपण गरिरहेका हुन्थे ।पछि पुस ८ गते हामी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भयौं । डा. पंकज जलानको दक्षता र सहयोगी व्यवहारले प्रारम्भिक उपचारपछि नै जीबीएस संक्रमणको आशंका भयो । तर यसलाई पूर्ण निश्चित गर्न डा. जलानले हामीलाई भारतको हरियाणास्थित मेदान्ता अस्पताल पठाए । उनले नै मेदान्ताका स्नायुविज्ञ डा. अरुण गर्गसँग सम्पर्क पनि गराए । दुर्भाग्यवश डा. जलानको संकेत सही सावित भयो, बुबालाई ब्लु क्रस अस्पतालको अपरेसनका क्रममा असाध्य रोग जीबीएस संक्रमण भइसकेछ ।चिकित्सकहरुका अनुसार संसारमै जीबीएसको दुईवटा मात्र उपचार छ– आईभीआईजी र प्लाज्माफेरेसिस । हामीले दुवै प्रकारले उपचार ग¥यौं । क्रमशः सुधार भएपछि बुबालाई १६ माघमा नेपाल ल्यायौं र नर्भिक अस्पतालमै भर्ना ग¥यौं । पक्षाघातको अवस्थामा पुगिसकेका उहाँले हातखुट्टा सामान्य रुपमा चलाउन थाल्नुभयो । तर चार महिना लामो अस्पतालको बसाइबाट वाक्क भएका हामीलाई डाक्टरले सुझाव दिएअनुसार घरमै नर्सिङ सेवा लिएर उपचार गराउने गरी फागुन २७ मा घर फक्र्यौं ।चैत ३ का दिन उहाँलाई एक्कासि असजिलो भयो । कुदाएर घरनजिकैको अस्पताल मेडिसिटी पु¥यायौं । सघन उपचार कक्षमा दैनिक १ लाख रुपियाँ तिरेर उपचार गराउनुपथ्र्यो । डाक्टरहरुको सेवा, भौतिक पूर्वाधार र कर्मचारी व्यवस्थापन त ठीकै हो तर नर्सिङ सेवा कमजोर थियो । उनीहरुले सेवाग्राहीसँग झूटो पनि बोले– बिरामीलाई ‘बेड सोर’ भएको छैन भनेर ढाँटे, हेर्दा सात दिनमा पाँच ठाउँमा घाउ बनिसकेको देखियो ।हामी रातारात गरेर चैत ११ मा पुनः नर्भिक नै फर्कियौं । तर, डाक्टरले हरसम्भव प्रयास गर्दा पनि २०७६ वैशाख ४ गते बुबाको अवसान भयो ।भाउजू, दाइ विमललाई नोबेल अस्पतालले उचित रुपमा ख्याल गरिदिएको भए आज उहाँ तपाईंसँग हुनुहुन्थ्यो भन्ने जुन विश्वास तपाईंलाई छ मलाई पनि त्यति सानो पत्थरीका लागि अपरेसन गर्न हतार नगरेको भए, उहाँमा रोग प्रतिरोधात्मक शक्ति अत्यन्त कमजोर भएको देख्दादेख्दै ब्लु क्रस अस्पतालले अपरेसन गर्न हतार नगरिदिएको भए हुन्थ्यो भन्ने मलाई लागिरहेको छ । तर हामी यस बेला, व्यथा साटासाट गर्नबाहेक अरू के गर्न सक्छौं र !
    तपाईंको
    दिरेकलाल श्रेष्ठ

    Advertisement

    आइतबार, जेठ १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त
    प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए
    बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा
    बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता
    रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    लोकप्रिय

    • १.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा

    • २.
      यो बुढो रुख त्यो बुढो रुख

    • ३.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित,

    • ४.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन्

    • ५.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई

    • ६.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप,

    भर्खरै

    • १.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • २.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ३.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    • ४.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    • ५.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • ६.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    • ७.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    • ८.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...