प्रिया स्मृती गजमेर,दाङ । दिल्ली देखि गुल्मी जाँदै गर्दा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा गुल्मी जिल्ला मुसिकोट गाउँ पालिका वडा न ३ गोडक ६३ बर्षिय राम सिङ सुनार रहेका छन । उनी सङै रहेका उनका भान्जा गोकर्ण सुनारका अनुशार अत्याधिक मादक पदार्थ सेवन गरेको थिए। बिगत एक बर्ष देखि भारतको दिल्लीमा राम सिङ कामदारको रुपमा काम गर्ने गरेका थिए।दिल्ली देखि गुल्मी जाँदै गर्दा बिहिबार बिहान लमही बजारमा चिया खान भनेर ओर्लिएका राम सिङको साढे ३ बजे तिर ज्यान गएको हो । सुनारको शबलाई वडा प्रहरी कार्यालय लमहीको पहलमा गुल्मी पठाउने तयारी भैरहेको निमित्त प्रमुख पुराण मल्लले जानकारी दिए।
Advertisement