सनिउल्ला धोबी,कपिलवस्तु। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मगरात थारुवन अवध प्रदेश समितिले प्रदेश नं ५ को राजधानीको नाममा असन्तुष्टी व्यक्त गर्दै ध्यान अर्कषण पत्र बुझाएको छ । प्रदेश नं ५ को नाम मथाअ राख्नुपर्ने माग गरिएको छ । मगरात थारुवन अवध प्रदेश समितिले बुटवलमा देश नं ५ को उप सभामुख कृष्णी थारुलाई ध्यानअर्कषण पत्र बुझाउदै नामकारण सुहाउदो नभएको बताइएको हो ।नेपाल एक बहुजातिक बहुसंस्कृत तथा भौगोलिक विविधता भएको मुलुक भएकोले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मगरात थारुवन र अवध प्रदेश राख्न अनुरोध गरेको छ ।ध्यान अर्कषण पत्रमा नया शहरीकरणको बैज्ञानिक योजनाको आधारमा प्रदेश राजधानी निर्धारण गर्न माग गरिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मगरात थारुवन अवध प्रदेश समितिका अध्यक्ष अविन गोतमेद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
विज्ञप्ती सहित
