कामना डेली,डोल्पा । डोल्पामा क्रियाशील पत्रकार रामचन्द्र न्यौपानेको डोल्पा घुम्न जाउँ न है निरमाया बोलको गितको भिडियो सार्वजानिक भएको छ ।मंगलबार बुडासुब्बा डिजिटल कम्पनी मार्फत गितको भिडियो सार्वजानिक भएको हो ।यो गितले प्रचुर पर्यटकिय सम्भाबना बोकेको डोल्पालाइ देश बिदेशमा चिनाउन र नेपालकै गहिरो ताल शे–फोक्सुन्डो,प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिर,मष्टा मन्दिर छल,गल्ली,शे–गुम्बा,दुनै बजार,जुफाल बिमानस्थल लगायतका पर्यटकिय क्षेत्रहरुलाइ चिनाउने पत्रकार न्यौपानेले बताए ।गित मार्फत देश बिदेशमा रहेका सम्पुर्ण नागरिक नागरिकलाइ डोल्पा घुम्न आह्वान गर्नुका साथै दुर्गम जिल्लाको रुपमा परिचित डोल्पालाइ सजिलै राजधानीसम्म जोड्न सडकले खेलेको भुमिका समते देखाइएको न्यौपानेको भनाइ छ ।गित मार्फत डोल्पामा हवाइ र सडकमार्गमार्फत मार्फत पनि पुग्न सकिने शन्देस दिनुकासाथै नेपालीले सेनाको अथक प्रयासबाट डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको सुखद क्षणको पनि चर्चा गरिएको छ ।त्यतिमात्रै नभइ डोल्पा सडक सञ्जालमा जोडिनु अघि महिनौ लगाएर थाप्लोको नाम्लोको भरमा खाद्यान्न ढुवानी गरेर ल्याउनुपर्ने दुखदायि अवस्था तथा महिनौँ पैदल हिँडेर नेपालगञ्ज काठमान्डौ लगायतका शहरहरुमा पुग्ने गरिएको बिगतलाइ समेत देखाइएको पत्रकार न्यौपानेले बताए ।डोल्पामा सडक पुगेपछि भएको परिवर्तनका पक्षहरुलाइ समेत दर्शाइएको छ ।यस गित मार्याप्रिति भन्दापनि डोल्पाको प्राकृतिक,धार्मिक तथा साँस्कृतिक कला सँस्कृतिलाइ उजागरगर्दै पर्यटन प्रर्वदनगर्न टेवापुग्ने निर्माणपक्षको दाबी छ ।डोल्पामा हुने उत्पादनको चिनारीको रुपमा रहेका स्याउ,ओखर,आरु लगायतका फलफलुहरुलाइ समेत गित मार्फत चिनाइएको छ ।
भिडियोमा स्वर पत्रकार न्यौपाने र कलाकार लालमाया थापाको रहेको छ भने शब्दरचना पनि पत्रकार न्यौपानेकै रहेको छ ।अभिनय पत्रकार न्यौपाने र महिला पत्रकार मेनुका बुढाको रहेको छ ।भिडियोको निर्देशन तथा छायाङ्कन बिभिन्न फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएका कलाकार लक्ष्मण देबकोटाले गर्नुभएको छ । थुप्रै सम्भाबना भएरपनि ओझेलमा परेका डोल्पालाइ यो गितले देश बिदेशमा चिनाउने डोल्पालीको अपेक्षा रहेको छ ।
पर्यटन प्रवर्दनगर्ने गित“डोल्पा घुम्न जाउँन है”सार्वजानिक
पर्यटन प्रवर्दनगर्ने गित“डोल्पा घुम्न जाउँन है”सार्वजानिक
Advertisement
तपाईको प्रतिक्रिया