वीरेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नौ थान भरुवा बन्दुक बरामद गरेको छ । सामुदायिक प्रहरी साझेदारि कार्यक्रमअन्तर्गत गस्तीमा खटिएको प्रहरीले एक महिनाको अवधीमा जिल्लाका विभिन्न स्थानबाट ती भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । प्रहरीले वैशाख १६ गते बराहताल गाउँपालिकाको करियापानीबाट २ नाल, १७ गते लेखगाउँ चेपाङबाट १ नाल जेठ ४ गते बराहतालबाटै ६ नाल गरी नौ नाल भरवा बन्दुक बरामद गरेको डिएसपी क्षेत्रीले बताए ।भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई अनुसन्धान थालिएको बताए ।
Advertisement