प्रिया स्मृती गजमेर,दाङ।
समाजमा बढ्दै गईरहेको बिकृति र विसंगतिलाई रोक्ने उद्देश्यले दाङ्ग देउखुरीको अमिलियामा शुक्रबार युवा कल्ब गठन गरिएको छ । उक्त कल्बको नाम अमिलिया युवा क्लब राखिएको छ ।

खासगरी समाजका दिन प्रति दिन फैलिदै गएको बिकृति विसंगतिलाई रोक्ने,टोल भरि छरिएर रहेका,बेरोजगार भएका,दुर्ब्यशनीमा फसेका युवा युवतीहरुलाई रोजगारमुखी बनाउने र समाजप्रति सकारात्मक बनाउने क्लबको मुख्य उद्देश्य रहेको कल्बका सचिब कृष्ण कुमार थापाले बताए । समाजसेबी मन्जित खड्काको अगुवाईमा आज शुक्रबार लमही नगर पालिका वडा नम्बर नौ अमिलियामा बसेको बैठकले एघार जनाको समिति गठन गरेको हो । जसको अध्यक्षमा यम बहादुर ओली,उपाध्यक्षमा अमृता थापा,सचिबमा कृष्ण कुमार थापा,सहसचिबमा दिपेन्द्र कुमार ओली,र कोषाध्यक्षमा आयुष चौधरी रहेका छन् । त्यसै गरि सदस्यहरुमा अनिल कुमार पौडेल,खडग बहादुर बस्नेत,ओम प्रकाश थापा,महिला सदस्यमा प्रभा दहित,सोभा भट्ट र शुसिला थापा रहेका छन् । त्यस्तै कल्बको सल्लाहकारमा मन्जित खड्का र उधोगपती पूर्ण बहादुर बस्नेतलाई चयन गरेको छ भने कानुनी सल्लाहकारमा अधिबक्ता प्रेम ओलीलाई राखिएको छ । पछिल्लो समय गाउ समाजमा बेरोजगार भएर बसेका युवा बर्गहरु कुलत तर्फ बढी आकर्षक हुदै गएकोले र उक्त विकृतिलाई रोक्नका लागि क्लबले स्थानीय प्रहरी,वडा कार्यालय,बिभिन्न सामाजिक संघ सस्था,आमा समूह,महिला समूहसंग सहकार्य गरेर काम गर्ने सचिब थापाल बताए । हाम्रो सामुदायिक बनबाट केहि समय पछि फिर्ता गर्ने गरि पन्ध्र हजार रुपैया सापटी लिएर क्लबको दर्ता प्रक्रिया थालेको सचिब थापाले बताए । आज शुक्रबार अमिलियामा सम्पन्न भएको क्लबको बैठकमा वडा नम्बर नौका वडाध्यक्ष भेष बहादुर केसीको पनि सहभागिता रहेको थियो ।