कामना डेली,बाँके।
शनिवार साझ देखि बांके जिल्लामा पर्ने नेपाल भारत सीमा नाका बन्द गरिने भएको छ । भोलि बेलुका ६ बजे देखि लागू हुने गरि २३ गते सांझ साढे ६ बजेसम्मका लागि नेपाल भारत आवतजावत बन्द गरिएको हो । भारतको उत्तर प्रदेशमा हुन लागेको लोकसभाको निर्वाचनलाई लक्षित गरी सीमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय बांकेद्धारा जारी सुचनामा उल्लेख छ । भारतका बहराईच जिल्लामा लोकसभाको निर्वाचन बैशाख २३ गते हुन गैईरहेकोले सीमा आवतजावत र सामान ओसारप्रसारमा प्रशासनले रोक लगाएको हो।
Advertisement