टेक बहादुर पुन,लमही। अाठौँ राष्टिय महिला टि-२० क्रिकेट प्रतियोगिता लमहीमा शुरु भएको छ ।
“अाठौँ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख अाफ्नै देशमा” भन्ने मुल नारा सहित बुधबारबाट शुरु भएको प्रतियोगिता दस गतेसम्म चल्नेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधि शभा सदश्य जयपुरी घर्तीले तन्दरुस्त शरिरको लागी खेल अाबश्यक रहेको अौँल्याउनु भयो । राष्ट्रलाई चिनाउन क्रिकेटको प्रमुख भुमिका रहेको भन्दै घर्तिले खेलाडीको उचित ब्यबस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।
यता, क्रिकेट सँघ दाङ्गका अध्यक्ष प्रदिप मज्गैँयाले स्थानिय श्रोत, साधनबाटै प्रतियोगिताको अायोजना गरेको बताउनु भयो । “सरकारले यस प्रतियोगिताको लागी १५ लाख बजेट बिनियोजन गरेको जनाईएपनी बिचमै हरायो, मज्गैँयाले भन्नुभयो’ राष्ट्रिय स्तरको प्रतियोगितालाई सरकारले बेवास्ता गर्यो ।”
खेलकुदमा पनि राजनिति हुने भएकाले यसप्रती उहाँले दुख ब्यक्त गर्नुभयो ।
प्रतियोगितामा प्रदेश १ बिराटनगर, २ जनकपुर, ३ हेटौडा, ४ पोखरा, ५ बुटवल, ७ धनगढी र अार्मी पुलिस फोर्स (APF) गरि ७ टिमले सहभागी जनाएका छन् । केही खेल नेपालगञ्जमा हुने भनिएपनी सबैखेल लमहीमा महिला क्रिकेट प्रतियोगिता मात्र हुने खेल सँयोजक शोभाराम पौडेलले बताउनु भयो ।
अाज भएको पहिलो खेलमा टस् हारेर ब्याटिङ्ग थालेको प्रदेश ५ ले जम्मा ७० रण जोड्यो । ७१ रणको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको प्रदेश १ ले १४अोभर ५बल खेल्दै ७ विकेटले जितेको हो । त्यसैगरी दोस्रो खेलमा प्रदेश नम्बर २ले प्रदेश नम्बर ४लाई ६२ रणको फराकिलो अन्तरले जितेको छ । प्रदेश २ले दिएको १३७ रणको टार्गेटलाई प्रदेश ४ले भेट्टाउन सकेन । १४अोभर ५बल खेलेको प्रदेश ४ले ७४रण मात्र बनाउन सक्यो ।
त्यस्तै अाज बिहिबार प्रदेश नम्बर १ बिराटनगर र जनकपुर बिच प्रतिष्प्रधा हुनेछ भने दोस्रो खेलमा ए पि एफ र धनगढी भिड्ने छन् ।