खेलकुदलाइ मुख्य पा्रथमिक्ता दिइएको गाउपालिका अध्यक्ष जिसिको भनाइ ।
Advertisement
बिमलराज पोख्रेल,प्युठान। प्यूठानको झिमरुक गाउपालिका ५ नेपानेमा जिल्लाकै दोश्रो ठुलो खेल मैदान निर्माण हुने भएको छ । यो आर्थिक बर्षको ०७५।७६ मा करीब ५० लाखको लगानीमा एक सय मिटर लम्बाइ र एकसय मिटर चौडाइ भएको खेल मैदान निर्माण गरीने भएकोे हो । अन्तराष्टीय मापडण्ड अनुसार १५० मिटर लम्बाइ र १५० मिटर चौडाइ हुनु पर्ने भिमरुक गाउपालिकाका इन्जीनीयर नगेन्द्र आचार्यले बताउनुभयो । आगामि आर्थिक बर्षको योजनामा मुख्य प्राथमीक्तामा राखि उक्त खेल मैदानलाइ व्यवस्थीत बनाईने भएको हो। यस्का लागि वरीपरी तारबार लगाइने र खेलमैदान परीसरमा पिकनिक रीसोर्ट समेत बनाउनको लागि गाउपालिकामा पहल गरीने खेल मैदान निर्माण समितिकी कोषाध्यक्ष सकुन्तला जिसिले बताउनुभयो । पछिल्लो समय यूबाहरु कुलतमा फस्न थालेको हुनाले यूबाहरुलाइ कुलतमा भन्दा खेलकुदमा आकर्षण गराउदै बिभिन्न रोगहरुबाट मुक्त हुदेै व्याक्तित्व बिकास र पर्यटकिय रुपमा गाउपालिकाको बिकासको लागि खेलकुदबाट शिक्षा पाउन सकिने गाउपालिका अध्यक्ष तिलक जिसिको भनाइ छ । बिश्व पर्यटकिय सुचिमा परेको रक गान र खडक देवताको मन्दीर ओखरकोटको मध्यभागमा निर्माण हुदै गरेको खेल मैदान झिमरुक गाउपालिकाको प्रमुख खेल मैदान हो । झिमरुक गाउपालिकाका सबै वडाहरुमा खेल मैदान निर्माण कार्य जारी नै रहेको झिमरुक गाउपालिका श्रो्रतले बताएको छ । झिमरुक १ को कोइली खोला ४को पोखरचौर ,८को दिहाल्न चौरमा खेलमैदान निर्माण भइसकेको छ भने बाकि सबै वडाहरुमा पनि स साना खेल मैदानहरु बनाइने गाउपालिका अध्यक्ष जिसिले जानकारी दिनुभयो।